०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विर्तामोडमा बम पड्कियो

विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका
Logo

झापा, श्रावण २७
झापाको विर्तामोड नगरपालिकाको ७, ८ र ९ वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको छ । सोमबार विहान साढे चार बजे वडा तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकार दिए ।
‘सोमबार विहान साढे चार बजे तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘सामान्य भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।’ बिहानको समयमा वस्फोट हुदा मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

विस्फोटबाट कार्यालयका ढोकामा क्षति पुगेको छ । विस्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला छैन् । यद्यपी सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]