०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चैत २६ देखी विराटगोल्ड हुने

Logo

विराटनगर, चैत्र ६
चैत २६ गतेदेखि बैशाख ४ गतेसम्म छैटौं संस्करणको विराटगोल्ड कप आयोजना हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा हुने रात्रीकालिन उक्त प्रतियोगितामा देश बिदेश गरी १० टिमको सहभागी रहने छ ।
गोल्डकप प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका दश टिमहरु सहभागीता रहने आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिएका छन् ।
प्रतियोगितामा एक करोड २५ लाख रुपिँया लागत अनुमान गरिएको आयोजक समीतीले जनाएको छ । प्रतियोगिताका विजेतालाई १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार नगद पुरस्कारसहित कप तथा शिल्ड को व्यबस्था रहेको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ हजार नगद र सर्वोकृष्ट प्रशिक्षक, गोलकिपर, मिल्ड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डलाई जनही २५–२५ हजार पुरस्कार प्रदान गरिन संयोजक शाहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]