०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लकडाउन भएकै वर्ष अत्याधिक डिजल विक्रि, कहाँ भयो खपत ?

Logo

विराटनगर, चैत १७
अघिल्लो आर्थिक वर्षमा चार महिना लकडाउन भएता पनि यस अर्थिक वर्षको भन्दा बढी अनुपातमा नेपाल आयल निगम प्रदेशिक कार्यलय विराटनगरबाट डिजल विक्रि वितरण भएको देखिन्छ । सवारीसधान अत्याधिक न्युन संचालन भएको बेला बढी मात्रामा डिजल विक्रि वितरण हुनुले पनि यस समयमा भएको डिजल तस्करीलाई पृष्टी गर्दछ ।

जनचर्चा डटकमलाई प्राप्त भएको तथ्याङ अनुसार गत अर्थिक वर्षमा नेपाल आयल निगम विराटनगरले प्रदेशभरीको पम्पलाई २१ करोड ६३ लाख ७६ हजार ६ सय ५५ लिटर डिजल विक्रि गरेको थियो । जुन औषतमा प्रति महिनाको विक्रि १ करोड ८० लाख ३१ हजार ३ सय ८७ लिटर हुन जान्छ ।

यस आर्थिक वर्षको चैत १५ गतेसम्म निगमले १६ करोड ३६ लाख ७६ हजार ६ सय ५५ लिटर डिजल विक्रि गरेको छ । जुन औषतमा प्रति महिनाको विक्रि १ करोड ७२ लाख २३ हजार ९ सय ६९ लिटर डिजल हुन जान्छ । यसरी तथ्याङ्कलाई तुलना गर्दा लकडाउन भएको वर्ष अन्य वर्षभन्दा बढी तेल खपत भएको पाईन्छ ।

पछिल्लो समय नेपालको पुर्वी नाका हुदै तेल तस्करी हुने क्रम बढ्दै गएको छ । लकडाउनमा पनि बढी डिजल खपत हुनुले नेपालको पुर्वी नाकामा मौलाईरहेको डिजल तस्करीलाई पुष्टि गर्दछ । भर्खरै मात्र सार्वजनिक भएका केहि डिजल तस्करीका घटनाले समेत नेपालको पुर्वी क्षेत्रमा कसरी र कुन मात्रामा डिजल तस्करी भईरहेको छ, त्यो सजिलै अनुमान लगाउन सकिन्छ ।

गत चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित ट्याङकर नेपाल आयाल निगमको प्रदेशिक कार्यालय विराटनगरबाट पक्राउ परेपछि नेपालकाे पुर्वी नाकाबाट हुने तेल तस्करीकाे विषय बाहिर आएकाे थियाे ।
उक्त तस्करीमा संलग्न पम्प र ढुवानीकर्तालाई सरकारी निकायहरुले कारवाहि प्रकृया अगाडी बढाईसकेकाे छ ।

भारत तर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्याङकरमा डिजल लोड भएको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको थियो । उक्त ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको समेत खुली सकेकाे छ । निगमको बिनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ती बन्दसमेत गर्न सक्नेछ ।

सिंहको ट्याङकरले महेशकुमार अग्रवालको मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवा स्थित नीतेश ट्रेडबाट ट्यांकरमा डिजल भरेको बयान समेत आएको छ ।
पक्राउ परेको ट्यांकर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको उक्त पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको स्रोतको दाबी छ । निगमको बिनियम अनुसार डिजेल तस्करी गर्न सहयोग गर्ने पेट्रोल पम्पलाई १ लाख रुपैयाँ जरिवाना देखि ६ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान रहेको छ ।

सिंह भारतमा बसेर तस्करीको सेटीङ मिलाउने गरेको अनुसन्धाबाट खुलेको छ । ट्याङकरबाटै तस्करी भएको पाइएपछि पेट्रोलिय व्यवसायीको समेत संलग्नता हुन सक्ने भन्दै राजस्व अनुसन्धान र मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हाल ट्याङकर धनी सिंह फरार छन् भने तस्करलाई तेल बेच्ने पम्पका संचालक महेशकुमार अग्रवाल काण्डलाई सामसुम पार्नतर्फ लागीरहेका छन् ।
चैत १ गते बरामद भएको इन्धन भारत पुर्याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुनेथियो ।

उक्त विषयमा खबरदारी जारी रहनेछ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]