१७ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

बयानले भन्छ अग्रवालको पम्पले दुई रुपैयाँ बढाएर डिजल दियो

बरामद दसी–प्रमाण र बयानलाई पछ्याएर डिजल तस्करमा संलग्न पम्प संचालक पत्ता लगाईने : राजस्व अनुसन्धान ईटहर
Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

विराटनगर , चैत्र १९
नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर राजस्व अनुसन्धान कार्यालय इटहरीले प्रारम्भीक अुनुसन्धान गरी सोको रिपोट विभागमा पठाएको छ ।

सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो । हालसम्मको अनुसन्धानबाट ट्याङकर धनि पत्ता लगी सकेको छ । तर तस्करीका लागी तेल वितरण गर्ने पम्प धनी भने अझै पनी सर्वजनीक हुन सकेको छैन ।

जनचर्चा डट कम सँग भएको संबादमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काले प्रारभिक अनुसन्धानबाट फेलापरेको दसी प्रमाणलाई पछ्याएर तस्कर गर्ने गिरोह पत्ता लगाइने बताए । उक्त अनुसन्धानले तेल तस्करीमा संलग्न रहेको पम्प संचालकको बारेमा पनी तथ्य बहिर ल्याउने खड्काको जिकिर छ ।

उक्त तस्करीमा प्रकाउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो ।
सो पम्पका संचालक महेशकुमार अग्रवालले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान दिएका थिए । उक्त बयान र स्रोतले दिएको जानकारी अनुसार अग्रवालले च्यानल खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका पाईएको छ ।
हाल सम्म फेला परेको दषी प्रमाण र चालक दलको बयानले डिजल तस्करीमा महेशकुमार अग्रवालको संलग्नता रहेको देखाएको छ ।

यस विषयमा खबरदारी जारी रहनेछ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]