०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

ट्रकको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

Logo

विराटनगर, बैशाख, ५
मोरङ बुढिगंगा गाउँपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए । घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिकलाई प्रहरीले नियन्त्रण लिएको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]