१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

पाँचमा पाईने भोला गुट्खा प्रन्धँमा पनि पाउन मुस्किल : कालोबजारी कायमै

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८

विराटनगर, वैशाख २०
निषेधाज्ञा जारी हुने शुईको पाएदेखिनै विराटनगरमा शुरु भएको भोला गुट्खाको कालोबजारी अझैँ पनि रोकिएको छैन ।
कम्पनीबाट प्रयाप्त मात्रामा भोला गट्खा वितरण भईरहदा समेत होलसेलरले बजारमा कृतिम अभाव सृर्जना गरी भोला गुट्खाको मुल्यवृद्धि गरिरहेको पाईएको छ ।

पाँच रुपैयाँ प्रति पाँउचमा पाईने भोला गुट्का निषेधाज्ञा जारी हुनुभन्दा दुई दिन पहिले व्यापारीहरुले मुल्य बढाएर ८ रुपैयाँ पु¥याएका थिए । त्यस्तै निषेधाज्ञा शुरुभएसँगै ८ रुपैयाँ देखि १० रुपैयाँ प्रति पाउच मुल्य पु¥याईयो । हाल बजारमा भोला गुट्खा १५ रुपैयाँ प्रति पाँउचमा विक्रि वितरण भईरहेको छ ।

होलसेलर र डिलरबाटै नै महंगोमा गुट्खा आएकोले बाध्य भएर आफुहरुले पनि गुट्खाको मुल्यवृद्धि गर्नु परेको खुद्रा व्यापारीको भनाई छ । उता भोला गुटखाको डिलरले आफुहरुले पुरनै रेटमा गुट्खा दिईरहेको तर होलसेलरले गुड्खा अनावश्यक स्टकमा राखी गुट्खाको कृतिम मुल्यवृद्धि गरेको बताएको छ ।

उद्योगबाट २ सय १२ रुपैयाँ प्रति प्याकेटको दरले आउने भोला गुट्खा करिब एक साता अघि विराटनगर बजारमा होलसेलरले ३ सय ५० रुपैयाँमा बिक्रि गरिरहेको भेटिएको थियो । अहिले सोही गुट्काको मुल्य होलसेलरले थप कृतिम मुल्य वृद्धि गरी ४ सय ५० रुपैयाँ पु¥याईसकेका छन् । सोही कारण भोला गुट्खाको मुल्य दिनदिनै बढ्दै गएको खुद्रा व्यापारीको बुझाई छ ।
कम्पनीको एमआरपी अनुसार प्रति प्याकेट २ सय ५० रुपैयाँमा खुद्रा व्यापारीले पाउनु पर्ने भोला गुट्खा ४ सय ५० रुपैयाँमा होलसेलर बेचिरहेको पाईएको छ । त्यसै गरी उपोभोक्ताले प्रति पाँउच ५ रुपैयाँमा पाईरहेको गुट्खालाई अहिले १५ रुपैयाँ तिर्नुपर्ने बाध्यता आएको छ ।

गुट्खामा यति साह्रो कालोबजारी भईरहदापनि नियाकम निकाय मौन छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशीहरी निरौलाले सार्वजनिक सूचना जारी गरेरै निषेधाज्ञाको बेला कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने बताएता पनि कलोबजारी गर्नेहरुले टेर पुच्छर लगाएका छैनन् ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श […]

काठमाडौ १२ जेष्ठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् ।