०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पाँचमा पाईने भोला गुट्खा प्रन्धँमा पनि पाउन मुस्किल : कालोबजारी कायमै

Logo

विराटनगर, वैशाख २०
निषेधाज्ञा जारी हुने शुईको पाएदेखिनै विराटनगरमा शुरु भएको भोला गुट्खाको कालोबजारी अझैँ पनि रोकिएको छैन ।
कम्पनीबाट प्रयाप्त मात्रामा भोला गट्खा वितरण भईरहदा समेत होलसेलरले बजारमा कृतिम अभाव सृर्जना गरी भोला गुट्खाको मुल्यवृद्धि गरिरहेको पाईएको छ ।

पाँच रुपैयाँ प्रति पाँउचमा पाईने भोला गुट्का निषेधाज्ञा जारी हुनुभन्दा दुई दिन पहिले व्यापारीहरुले मुल्य बढाएर ८ रुपैयाँ पु¥याएका थिए । त्यस्तै निषेधाज्ञा शुरुभएसँगै ८ रुपैयाँ देखि १० रुपैयाँ प्रति पाउच मुल्य पु¥याईयो । हाल बजारमा भोला गुट्खा १५ रुपैयाँ प्रति पाँउचमा विक्रि वितरण भईरहेको छ ।

होलसेलर र डिलरबाटै नै महंगोमा गुट्खा आएकोले बाध्य भएर आफुहरुले पनि गुट्खाको मुल्यवृद्धि गर्नु परेको खुद्रा व्यापारीको भनाई छ । उता भोला गुटखाको डिलरले आफुहरुले पुरनै रेटमा गुट्खा दिईरहेको तर होलसेलरले गुड्खा अनावश्यक स्टकमा राखी गुट्खाको कृतिम मुल्यवृद्धि गरेको बताएको छ ।

उद्योगबाट २ सय १२ रुपैयाँ प्रति प्याकेटको दरले आउने भोला गुट्खा करिब एक साता अघि विराटनगर बजारमा होलसेलरले ३ सय ५० रुपैयाँमा बिक्रि गरिरहेको भेटिएको थियो । अहिले सोही गुट्काको मुल्य होलसेलरले थप कृतिम मुल्य वृद्धि गरी ४ सय ५० रुपैयाँ पु¥याईसकेका छन् । सोही कारण भोला गुट्खाको मुल्य दिनदिनै बढ्दै गएको खुद्रा व्यापारीको बुझाई छ ।
कम्पनीको एमआरपी अनुसार प्रति प्याकेट २ सय ५० रुपैयाँमा खुद्रा व्यापारीले पाउनु पर्ने भोला गुट्खा ४ सय ५० रुपैयाँमा होलसेलर बेचिरहेको पाईएको छ । त्यसै गरी उपोभोक्ताले प्रति पाँउच ५ रुपैयाँमा पाईरहेको गुट्खालाई अहिले १५ रुपैयाँ तिर्नुपर्ने बाध्यता आएको छ ।

गुट्खामा यति साह्रो कालोबजारी भईरहदापनि नियाकम निकाय मौन छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशीहरी निरौलाले सार्वजनिक सूचना जारी गरेरै निषेधाज्ञाको बेला कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने बताएता पनि कलोबजारी गर्नेहरुले टेर पुच्छर लगाएका छैनन् ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]