१३ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
Gold Silver Price (12 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 315300
Silver 1 Tola Nrs. 5600

मुक्तिनाथ विकास बैंकले अब सर्वाधिक ब्याज दिने

Logo

विराटनगर, साउन १२
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खाताबाट निक्षेपकर्ताहरुले सर्वाधिक ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५ दशमलव २५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बताईएको छ । कोभिड १९को प्रभावले सम्पूर्ण वितिय संस्थाहरुको निक्षेप–ब्याजदर ह्वातै ३ प्रतिशत भन्दा तलपुगेको थियो ।
‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ केबल १ सय रुपैयामा खोल्न सकिने बैंकले जनाएको छ । साथै यस बचत खाता खोल्नेलाई पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १० फागुन । आइतबार नेपालको बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]