३० माघ २०८२, बिहिबार
12-02-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

व्यापार बढेपढि, ट्रेड एक्स्पो एक दिनका लागी थपियो

Logo

विराटनगर, चैत २४

विराटनगरमा जारी “ट्रेड एक्स्पो २०२२” को समयावधि १ दिनको लागी थपिएको छ । आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना सो जानकारी दिएको हो ।
चैत्र १८ गतेदेखि सुरु भएको ट्रेड एक्स्पो चैत्र २६ गते सम्पन्न हुने यसअघि बताईएको थियो । तर एकदिनको लागी समयावधि थप भएपछि अब एक्सपो चैत २७ गतेसम्म हुने भएको छ ।
मेलाप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै मेलाको समयावधि थप्नु आवश्यक देखिएको संघका सचिव संजय श्रेष्ठले बाताए । ‘अवोलोकनकर्ता, उपभोक्ता र व्यापारीको संयुक्त चहाना बमोजिम मेलाको अवधि थप गरिएको हो’ श्रेष्ठले पहिलो वाक्य सुधार्दै भने ।

हालसम्म १ लाख ८० हजार बढीले मेला अवलोकन गरिसकेको जनाईएको छ । आयोजकका अनुसार मेलामा हालसम्म १५ करोड बराबरको कारोबार भएको छ ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न दैनिकजसो राष्ट्रिय कलाकालहरूबाट मनोञ्जन प्रदान गरिएको छ । व्यापार मेलामा बिहीबार सबिन राईके प्रस्तुती रहेके छ। शुक्रबार गायक डम्मबर नेपाली र शुक्रबार चिर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]