१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

बस्नेतको उम्मेदवारी वडाअध्यक्षमा

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख २५
बिराटनगर महानगरपालिकाको सबैभन्दा बढी मत रहेको वडामध्ये ३ नम्बर सर्वाधिक चर्चामा रहेको छ । शत्रुघन पौडेललाई कांग्रेसको बागी उम्मेदवार बनाएको असन्तुष्ट खेमाको भनाइ रहेको छ । स्वतन्त्रबाट चुनाव चिन्ह चापाकल लिइ पौडेलले वडा अध्यक्षको उम्मेदवारी दिएका हुन् । यहाँ नेकपा एमालेबाट वासु बस्नेतको वडा अध्यक्षमा उमेदवारी परेको छ ।

बस्नेतको टिमका अन्य सदस्यहरुमा, ढुन्डिराज पोखरेल ,सुरज न्यौपाने ,मालिका निरौला ,अरुणा परियार(दलित) छन् । यही खारीएको टिमले प्यानल नै जित्ने बस्नेतको दाबी रहेको छ । कुल १२ हजार आसपास मत रहेको यस वडामा ७ हजार मत खस्ने अनुमान छ । ३ हजार मत ल्याउनेको वडा अध्यक्षमा जित सुनिश्चित हुन्छ । यसअघि यस वडामा कांग्रेसका बिनोद बस्नेतले २ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्धन्द्धी को २ हजार २ सय ४६ रहेको थियो । जित हारको मतान्तर १ सय ६७ रहेको थियो ।

वि. सं २०२० साल ८ महिना ९ गते जन्मेका वासुको जिवीकोपार्जनको मुख्य सो्रत खेतीपाती नै हो । किसान पृष्ठभुमिका बासुको राजनैतिक यात्रा राधाकृष्ण मा.वि. बाट कक्षा १० मा पढ्दै गर्दा सुरु भएको हो । मुख्य चुनाबी एजेन्डामा डुबानको सम्याको हल, धुलाम्य सडकलाई चिल्ला सफा अपांगमैत्री हरियाँली बनाउने, शिक्षा, स्वास्थ्य सरसफाई एवम जेष्ठ नागरिकको सुविधामा सहजीकरण लागाएत छन् । जमानामा पूर्व माले देखि आजसम्म लालझन्डाकै सेरोफेरोमा आफ्नो जिवन अर्पण गरेका वासुको जित पक्का रहेको वडावासीहरु बताउँछन् । वासु निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बागी उम्मेदवारलाई नै मान्छन् । तथापि आफु ३ नम्बर वडा मा निश्चित बिजय हुने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]