३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

लफडा एटिएम

Logo

बिराटनगर, जेष्ठ ४
निरज बस्नेत
बचत खातामा बचत गर्ने आम सेवाग्राहीको अधिकार हुन्छ की उसले चाहेको बेलामा जति बेला पनि पैसा निकाल्न सकोस् । तर, यहाँ ठिक उल्टो भएको छ ।

प्रसंग जटिल छ । उठान गर्न खोजिएको बिषयवस्तु एक विपन्न नागरिकले दुःख पाएको हो । कृषि विकास बैंक निर्दयी बनेको प्रसंग हो । यसमा सिद्धार्थ बैंक समेत मुछिएको छ ।

नोवेल अस्पताल बिराटनगरमा एक विपन्न नागरिकले आफ्नो श्रीमतीलाई उपचारार्थ ल्याएका थिँए । खर्च अभाव त्यसैपनि भएकै थियो । गाँस काटेर कृषि विकास बैंकमा खाता खोलेका थिँए । मिनिमम रु.५सय वाला खाता उनको छ । खातामा रु.१४ हजार मात्र रहेको हो । श्रीमतीको उपचारको लागि भनेर जम्मा गरेको पैसा, बखतमा निकाल्न नपाउँदा कतिसारो पिडाबोध भयो होला, त्यो हण्डर खानेलाई भन्दा अरु कसलाई पो थाहा हुन्छ ।

कृषि विकास बैंकको एटिएम लिएर यिनी सिद्धार्थ बैंक पुगे । शुरुमा रु.१० हजार निकाले निस्कियो । दोस्रो पटक रु.३ हजार निकाल्ने क्रममा पैसा निस्केन तर ब्यालेन्स काटिएको म्यासेज मोवाईलमा आयो । अब उनलाई पीर पर्नु पर्यो ।
यो गुनासो लिएर सर्वप्रथम यिनी सिद्धार्थ बैंक पुगे, यहाँ यिनलाई हाम्रो बैंकको एटिएम होईन कृषिमै जानु भनियो । आफ्नो पिडा सुनाउँदा समेत सिद्धार्थ बैंकले खासै वास्ता गरेन ।

यसपश्चात यिनी कृषि बैंक पुगे, यहाँ त झन् कर्मचारी नै जाईलागे । ‘तपाईको पैसा आफै रिभर्स हुन्छ, जानुस् ‘ भने, तत्पश्चात् यसै बैंकको अर्को शाखा पुगे । यहाँ चाहीँ अलिक फरक तरिकाले एउटा एप्लिकेशन फर्म भर्नपर्छ भनियो । फेरी बिचमै बैंककी रिसेप्सनिष्टले ‘मलाई आउँदैन पहिलाकै शाखामा जानुस्’  भनिन् । पिडीत यी व्यक्ति पुनः कृषि बैंकको शुरुमा गएकै शाखामा फेरी पुगे । यहाँ अब २८ देखि ४५ दिन लाग्छ भनियो । हवाला के दिईयो भने, सिद्धार्थले भिजा नेटवर्कलाई ईमेल पठाउँछ, भिजाले एसेप्ट गर्छ, यसपछि भिजाले कृषिलाई ईमेल गर्छ, अनि पैसा खातामा आउँछ । यो सब प्रकृयाको लागि २८ देखि ४५ दिन लाग्छ ।

यति सम्मको नालायिकीपन बैंकको देखियो । यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो । आम सेवाग्राहीलाई छिटो छरितो सेवा दिनुपर्नेमा झन् सास्ती अक्सर बैंकहरुले दिने गरेका छन् । यो प्रतिनिधि घटना मात्र हुन् । कमर्सियल बैंकहरुले दुःख दिएका कयौं अन्य घटना छन् । बैंकहरुले ऋणको ब्याज उठाउँदा १ दिन पनि ढिला हुदा हप्कीदप्की सहित सेवाग्राहीलाई खुलेआम धम्की तल्लो स्तरमा गिरेर दिन्छन् ।
लकडाउन अवधिमा समेत यदि कुनै संस्था नाफामा गएको थियो भने त्यो कमर्सियल बैंक नै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]