२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

महाधिवेशनमा सुडिहरुले खाेजे आफ्नाे जातिय अधिकार

Logo

विराटनगर, असोज ५

सुडी जातिको अधिकार सुनिश्चितत्ताको लागि राज्यले सुडी जातिलाई सूचीकृत गरी राज्यको प्रत्येक अंगमा समान सहभागीता गराउनु पर्ने यस समुदायका दिग्गजहरुले प्रतिक्रिया दिएका छन् ।  साेमबार विराटनगरमा भएकाे नेपाल सुडी समाजकाे तेस्रो केन्द्रिय महाधिवेशनमा बाेल्ने अधिका‌ंश वक्ताले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मोरंग जिल्लाको जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले जाेडदार रुपमा सुडि समुदायकाे अधिकारकाे विषय उठान गरेका थिए । यस जातिलाई नेपाल सरकारले उपेक्षा गरेकै कारण आर्थिक अभाव भएर बालबच्चालाई शिक्षा दिक्षा दिन नसक्सने अवस्थावमा पुगेकाे भन्दै उनले दुख व्यक्त गरे ।

महाधिवेशनमा सुडी समाजका अगुवा नेताहरु, प्रध्यापकहरु एवं शिक्षकहरु, डाक्टर इन्जिनियर, पत्रकार, उद्योगी, व्यवसायी गृहणी लगायत सुडी जातिवाट स्थानीय तहमा निर्वाचित जन प्रतिनिधीहरुको उलेख्य उपस्थिती रहेको थियो ।
सोही अवसरमा समाजमा विशिष्ठ योगदान पुर्‍याएका दर्जनौ व्यक्तिहरुलाई समेत सुडी समाजले सम्मान गरेका थियाे । सुडी समाजलाई मुलधारमा कसरी ल्याउने, सडी जातिलाई सूचीकृत कसरी गर्ने, सुडी जातिको उत्थान र विकासको लागि कसरी अगाडी वढ्ने, सुडी समाजलाई कसरी एकतावद्ध गर्ने बारेमा प्रोफेसर रामचन्द्र साह, राजेन्द्र प्रसाद गुप्ता लगायतले आ–आफ्नो विचार राखेका थिए ।

नेपाल सुडी समाज केन्द्रिय समिति २०६३ सालमा गठन भएको थियो । सुडी समाज गठन भएपछि सुडी जातिको लागि समाजमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । प्रदेश नं. १ को मोरंग, सुनसरी, झापा र उदयपुर जिल्ला गरी करीब ५० हजार जनसंख्या रहेको र नेपालको तराई मधेशमा करीब ३५ लाख जनसंख्या रहेको नेपाल सुडी समाजका यूवा अध्यक्ष श्याम कुमार साहले जानकारी गराए ।

महाधिवेशनका खुल्ला सत्रको अध्यक्षता गरी रहेका नेपाल सुडी समाजका केन्द्रिय अध्यक्ष रामेश्वर साहले आफूले अध्यक्षको जिम्मेवारीमा आएपछि र आफू भन्दा पहिले जिम्मेवारीमा रही सुडी समाजमा गरेको योगदानको बारेमा चर्चा गर्दै खुल्लासत्र सम्पन्न भएको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]