१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराट राजवंशी महोत्सवमा शनिवार मेलिनाको प्रस्तुती

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९

विराटनगर, असोज १४
निरज बस्नेत
विराटनगर हाटखोलामा जारी विराट महोत्सवमा शनिवार चर्चित गायिका मेलिना राईको प्रस्तुती रहने कुराको जानकारी प्रमुख व्यवस्थापक नारायण अधिकारीले दिएका छन् । मेलिना राईका साथमा भोली विराटनगरका दर्शक झुम्मिने अधिकारी बताउँछन् ।

भोलिको सांगितिक माहौललाई आफ्नो सुमधुर गाना मार्फत मेलिनाले विराटनगरवासीलाई भरपूर मनोरन्जन दिने ग्यारेण्टी विराट राजवशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशीको दावी छ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिनाले नेपाली चलचित्र लगायत अन्य थुप्रै मेलोडी गानाहरु मार्फत नेपालीजनलाई पूरापूर ईन्टरटेनमेन्ट दिएकी छिन् ।

यहाँ विराट महोत्सवमा मेलिना आउने कुराले सवैलाई उत्साह थपिदिएको छ । यही सेरोफेरोमा भोलीको विराट महोत्सव थप रमाईलो बन्नेछ । यसका अलावा, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुनेनैछ । १० असोज घटस्थापना देखि शुरु विराट महोत्सव २१ असोजसम्म चल्नेछ । महोत्सवमा रोटे पिङ, ड्राइगन रेल, कोलम्वस नाउँ, अन्य खेल सामग्री लगायतको मज्जा बेग्लै छदैछ । स्वाद पारखीकाका लागि, मिठा–मिठा परिकार सहितको खानाको स्टल समेत रहेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]