०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ – ५ मा यादवको संभावना बलियो

Logo

विराटनगर, असोज २६
निरज बस्नेत
विराटनगरका सुपरिचित अनुहार, राजकुमार यादवको उम्मेदवारी मोरङ – ५ बाट परेको छ । यादव जनता समाजवादी पार्टी मोरङका अध्यक्ष समेत हुन् । जसपाले मोरङमा प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेको हो ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा जसपाले केन्द्रमा एक र प्रदेशमा दुईवटा सिटमा एमालेसँग सहकार्य गरेको छ । यादवको मुख्य प्रष्तिपर्धीको रुपमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल रहेका छन् । मण्डल यसअघिका पनि निर्वाचित जनप्रतिनिधि हुन् ।

यो चुनावमा जसपाका यादव विजयी हुने दरो आधार खडा भईरहेको आम ५ नं. क्षेत्रका मतदाता दावी गर्छन् । विगतमा ५ वर्ष सांसद भई मन्त्री सम्म बन्दा मण्डलले खासै देखिनेगरी काम नगरेकै कारण यस ५ नं. क्षेत्रका जनता रुष्ट प्रायः छन् । जसपा पनि सत्ता गठबन्धनकै एक महत्वपूर्ण घटक रहदै आएकोमा अन्तिम समयमा आएर गठबन्धनबाट बाहिरिएको हो । फलस्वरुप एमालेसँग महत्वपूर्ण चुनावी तालमेल भएको हो ।

मोरङमा रहेर लामो समयदेखि नेपाली राजनीतिको अग्रभागमा रहेर जेलनेल भोग्दै सकारात्मक परिवर्तवनका लागि जसपाका यादवको भूमिका अतूलनिय रहेको पाईन्छ । सवैमाझ लोकप्रिय छवि बनाएका यादवले नै अन्ततः मोरङ – ५ मा प्रतिनिधि सभाका लागि चुनाव जित्ने अड्कल काटिदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]