०५ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

मोरङ–६ मा प्रतिनिधि सभामा कटुवालको चुनाव जित्ने दावी

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

विराटनगर, कार्तिक ३
निरज बस्नेत
हिन्दू राष्ट्रको पहिचान रा.प्र.पा. को अभियानलाई शिरोधार्य गर्दे गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट चुनाव जित्ने दावी गरेका छन् । मंसीर–४ मा हुन गईरहेको प्रतिनिधि सभाको चुनावमा राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, लाई अंगिकार गरेको राप्रपाले मोरङ–६ मा चुनावी चहलपहललाई तीव्रता दिएको छ । जनताको मन जित्दै घर–घरमा गएर आफ्ना महत्वपूर्ण एजेण्डा प्रस्तुत गरिरहेको छ ।

राजसंस्थासहितको प्रजातन्त्रको परिकल्पना राप्रपाको मूल मन्त्र हो । हिजोको दिनमा पटक–पटक अन्य ठूला भनिएका पार्टीको शासन हेरियो । खासै जनताको तहमा देखिनेगरी पटक्कै काम भएको देखिएन । इनफ इज इनफ, अव, अति भो, अरुलाई हेरियो कयौं पटक, यो पाली हेर्नेपर्छ राप्रपालाई, यि यस्तै मुख्य चुनावी एजेण्डा बोकी घरदैलो अभियानलाई निरन्तरता दिईरहेको छ ।

भ्रष्टाचार गर्नु भनेको भनेको आमाको रगत खानु बराबर हो, यो राष्ट्रिय स्लोगनलाई, जोडदार रुपमा उठाउदै चुनावी चहलपहललाई आम मतदाताको तहमा पुर्याईरहेको छ । मंसीर–४ गते हलोमा मतदान गरी राप्रपाका धेरै भन्दा धेरै उम्मेदवारलाई विजयी गराऔं भन्दै हर कोही उम्मेदवारले मतदाता माझ मत मागिरहेका छन् ।

एकपटक–यसैपाली भन्दै आम मतदाता समक्ष राप्रपाका उम्मेदवार घरदैलो अभियानमा सक्रियतापूर्वक पुगिरहेका छन् । एकपटक–यसैपटक भन्दै राप्रपाको यो चुनावी अभियान देशव्यापी रुपमा जारी छ । निश्कलंक छवि भएका दूरदर्शी उम्मेदवार कटुवालले ग्रास लेवलमा नै गएर आम मोरङ–६ क्षेत्रवासीको मन मनमन बस्न सफल भइरहेका छन् ।

सक्नेगरी मात्र वाचा गर्छन् । नपुग्ने केही नभन्ने कटुवालको बानी छ । यही असल व्यक्तित्व नै आज आम मतदातामा रुचाइएको देखिन्छ । यस क्षेत्रबाट गएको चुनावमा एमालेका लालवावु पण्डितले कांग्रेसका शेखर कोइरालालाई हराएका थिएँ । यो पाली आफूले चुनाव जित्ने कटुवालको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]