१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मोरङ–५ मा राप्रपाका थापाको उम्मेदवारीले मतदाता उत्साहित

Logo

विराटनगर, कार्तिक ४
निरज बस्नेत
धनकुटाको मुगामा जन्मिएका रेवत बहादुर थापाको उम्मेदवारी मोरङ–५ बाट परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्मठ जुझारु नेता थापाको प्रतिनिधि सभामा उम्मेदवारी पर्नु लाई मोरङ–५ का मतदाताले उत्सवको रुपमा लिएका छन् ।

कांग्रेस, एमाले, माओवादी, लगायत धेरै पार्टीलाई धेरै पटक हेरियो र चिनियो । तर, व्यवहारमा जति पटक जितेर गएतापनि कसैले मुलुकलाई माया गरेनन् । यसपटक थापालाई जिताएमा स्वच्छ भावनाले हाम्रै लागि काम गर्छन् भन्ने आम मतदाताको स्पष्ट बुझाई रहेको देखिन्छ ।

विराटनगरलाई कर्मथलो बनाई मोरङका जनताकै पक्षमा सदासर्वदा मरिमेट्ने दूरदृष्टि भएका थापा सवैमाझ चिरपरिचित अनुहार हुन् । थापाको विराटनगरमा आफ्नै एक्लो लगानी रहेको चारतारे रत्ना होटल बसपार्कमा छ । मलाया रोडमा सँस्थम कलेज पनि थापाकै हो । जहाँ होटल म्यानेजमेन्ट कोर्ष पढाई हुन्छ । बर्षेनी ३ सय जनाको कोटामा गुणस्तरीय शिक्षामा यो कलेज अव्वल मानिन्छ । यस कलेजमा केही विधार्थीको लागि छात्रवृत्तीको समेत प्रबन्ध थापाले मिलाएका छन् ।

धनकुटा हिलेमा रहेको होराईजन नामको होटलका संचालक थापा नै हुन् । थापा आफ्नै बलबुताले सक्षम भएका व्यक्तित्व हुन् । यिनलाई दुई पैसा कमाउधन्दामा लाग्नु छैन । यो पालिको चुनावमा विजयी भएको खण्डमा यिनले एक पैसा पनि राज्यको नखाने उद्घोष गरेका छन् । यही दरो दृढ संकल्प पनि यिनको विजयको ढोका खुल्ने आधार बन्न सक्छ ।

थापाले धनकुटा मुगामा ७ सय रोपनी जग्गामा कृषिको उत्थानको लागि कफि एभोकाडो लगाई कृषि पर्यटनलाई उजागर गरेका छन् । राजसंस्था सहितको प्रजातन्त्र एवं हिन्दू राष्ट्र सहितको मुलुक मुख्य एजेण्डा राप्रपाको रहेको छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो । यही राष्ट्रिय स्लोगनलाई आत्मसात् गर्दे जनताको तहमा पुगेर देखिनेगरी काम गर्ने थापाको मुख्य योजनामा पर्छ ।

थापाको शिक्षा विराटनगरको जनता, सरस्वती हुदै काठमाण्डौं त्रिचन्द्रमा पुगेर टुगिंयो । तत्पश्चात् नेपाल प्रहरीको जागिर लामो समयसम्म खाएँ । यसक्रममा एस.एस. पि. सम्म भएँ । आम नागरिकको हकमा दत्तचित्त भई अनवरतरुपमा आजसम्म यिनको सेवा प्रसंसनीय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]