०५ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

मोरङ–६ मा हेविवेट उम्मेदवारद्दयलाई राप्रपाका कटुवालको काउन्टर

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

विराटनगर, कार्तिक ६
निरज बस्नेत
मोरङ–६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला चुनावी मैदानमा छन् । एमालेका लालवावु पण्डित लगातार दोस्रो पटक चुनाव जित्ने दाउँमा छन् । कोईराला एवं पण्डित दुवै हेविवेट नेताका रुपमा चिनिन्छन् । तर, दुई हेविवेटलाई काउन्टर दिन राप्रपाका गोपाल क्षेत्री कटुवाल तयार सहित चुनावी दौंडमा एककदम अगाडी देखिन्छन् ।

कटुवालको उम्मेदवारीले हेविवेटद्दयलाई यसपाली प्रतिनिधि सभाको चुनाव जित्नु फलामको च्यूरा चपाउनुसरी हुने यस भेगका आम मतदाता बताउँछन् । विगतमा दुवै हेविवेटद्दयले दुई–दुई पटक चुनाव जिते, तर जनताको तहमा महसुस हुने कुनैपनि काम नगरेको आम बुझाई रहेको पाईन्छ ।

दुवैको पार्टी कांग्रेस–एमालेमा भित्रभित्रै पदकोलागि मात्र सधैभरि भाँडभैलो भएको मात्र देखिएको सवैका सामु छर्लङै देखिएको छदैंछ । आम मतदातामा कोईराला र पण्डितप्रति रत्तिभर विश्वास नदेखिएको धेरै मतदाता बताउँछन् । यसपाली मुलुकभरका जनताले परिवर्तन जरुरी देखेका छन् । जुन कुरा पछिल्लो स्थानीय चुनावमा समेत देखिएकै थियो ।

यसको प्रत्यक्ष प्रभाव मोरङ–६ मा समेत देखिएको कुरा जगजाहेर नैं छ । अर्कोतर्फ हमेशा पूरानै अनुहारबाट आम मतदाता आजित भएका छन् । यो पाली नयाँ, फ्रेस अनुहार खाजेको देखिन्छ । जसको राम्रो फाईदा एवं सुनौलो मौका कटुवालले पक्कै पनि उँठाउन सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]