२१ आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

मोरङमा राप्रपाले ठूला भनिएका दललाई काउन्टर दिदैं

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

 

 

विराटनगर, कार्तिक १५
निरज बस्नेत
मोरङमा जम्मा ६ निर्वाचन क्षेत्र छन् । यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा निर्वाचन क्षेत्रमा चुनाव जित्ने यसैं भेगका मतदाताको दावी छ । मोरङ–६ लाई सर्वाधिक चासोको रुपमा चित्रण गरिदैं छ ।

मूलतः ६ नं. निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला यसै क्षेत्र बाट चुनावी मैदानमा होमिएका छन् । विगतमा एमालेका लालवावु पण्डितसँग हारेको बदला लिनको लागि कोईराला घाईते बाघ झैं गर्जिने तीव्र संभावना देखिदैंछ । तरपनि कोईरालालाई सोचेजतिको सजिलो नहुने उनकै पार्टी संस्थापन खेमाको दावी छ । कोईरालाले मोरङबाट प्रतिनिधि सभामा चुनाव जितेमा देउवालाई राजनीति गर्न झन् मुस्किल पर्ने देखिन्छ । यही कारण पनि हुनसक्छ , मोरङमा रहेका संस्थापन भनिएका कांग्रेसी नेताबाट कोईरालालाई भित्रभित्रै हराउने खेल हुन सक्दछ । यी यस्ता कारणले कोईरालालाई चुनाव जित्नु फलामको चिउरा चपाउनुसरी हुने छाँटकाँट देखिन्छ ।

यता एमालेबाट चुनावी मैदानमा उत्रेका लालवावुले ७४ को चुनावमा जिती ५ बर्ष सांसद भई र २१ महिना मन्त्री भएर जनताको तहमा पुगेर देखिने केही काम नै नगरेका कारणले जनता आजित भईसकेका छन् । यसको सोझो अर्थ लाग्छ, राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट यो पालीको प्रतिनिधि सभाको चुनाव जित्ने त कतैं होईनन् यस्तैं गाईगुई मोरङ–६ मा चल्दैछ ।

मोरङ–५ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल, एमालेको सहकार्यमा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादव चुनावी प्रतिष्पर्धामा छन् । दुवैलाई काउन्टर दिदै छन् , राप्रपाका उम्मेदवार रेवत बहादुर थापाले । मण्डलले मोरङ–५ मा ७४ को चुनावमा जिति ५ बर्ष सांसद भएर तापनि आम जनताको मन जित्ने गतिलो काम एउटा पनि गरेनन् । अझ मन्त्री भएर आफ्नै मात्र सेवा गरे । आसेपासेकाको जीवनस्तर राम्रो बनाएँ । यथार्थतामा मण्डललाई मोरङ–५ का जनताले गम्भिर रुपमा मूल्यांकन गरिरहेका छन् ।

राजकुमार यादव विल्कुलै नयाँ अनुहार हुन् । विराटनगरका लागि नौलो नहोला तर, मोरङ–५ का लागि खासै चिनिएका पात्र भने होईनन् । अझ, सत्ता गठबन्धनबाट बाहिरिएपछि जसपाको हालत घर न घाटको भएको आम बुझाई छ । यसको सिधै अर्थमा फाईदा राप्रपाका मोरङ–५ का उम्मेदवार रेवत बहादुर थापालाई जान पनि सक्दछ । यही चर्चा बग्रेल्ती चलिरहेको छ ।

मोरङ–४ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी अनि एमालेबाट विनोद ढकाल र राप्रपाबाट रवि रिजाल चुनावी दौंडमा सामेल छन् । मोदी गएको ७४ को चुनावका विजेता हुन् । यिनले कांग्रेसका प्रभावशाली मानिएका नेता महेश आचार्यलाई हराई त्योबेला तहल्का पिटेका थिएँ ।

यता अहिलेसम्म कुनैपनि चुनाव नजितेका एमालेका विनोद ढकाल लाई त खासै मतदाताले चासोपूर्वक हेरेका छैनन् । मोदी को हकमा केही हदसम्म सकारात्मक सिन्ट्रोम देखा परे तापनि त्यो पर्याप्त नभएको यसै भेगका मतदाता हाक्काहाक्की बताउँछन् । मतलव, निशानामा राप्रापाका उधमी युवा नेता रिजाल पो हावी हुन सक्छन् की भनी मोरङ–४ मा सुनिदैछ ।

पासा आफूतिर पलटाउन राप्रपाका कटुवाल, थापा एवं रिजाल तम्मतयार भएर मंसीर–४ को प्रतीक्षामा रहेको देखिन्छ । तरपनि चुनाव हो, यो पनि एक खेल मैदान हो । खेलाडीहरु सवै आफै नै जित्ने हिसाबले चुनावी मैंदानमा हुन्छन् । जसको लागि मंसीर ४ लाई जो कोही ले कुर्ने पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]