०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङमा राप्रपाले ठूला भनिएका दललाई काउन्टर दिदैं

Logo

 

 

विराटनगर, कार्तिक १५
निरज बस्नेत
मोरङमा जम्मा ६ निर्वाचन क्षेत्र छन् । यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा निर्वाचन क्षेत्रमा चुनाव जित्ने यसैं भेगका मतदाताको दावी छ । मोरङ–६ लाई सर्वाधिक चासोको रुपमा चित्रण गरिदैं छ ।

मूलतः ६ नं. निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला यसै क्षेत्र बाट चुनावी मैदानमा होमिएका छन् । विगतमा एमालेका लालवावु पण्डितसँग हारेको बदला लिनको लागि कोईराला घाईते बाघ झैं गर्जिने तीव्र संभावना देखिदैंछ । तरपनि कोईरालालाई सोचेजतिको सजिलो नहुने उनकै पार्टी संस्थापन खेमाको दावी छ । कोईरालाले मोरङबाट प्रतिनिधि सभामा चुनाव जितेमा देउवालाई राजनीति गर्न झन् मुस्किल पर्ने देखिन्छ । यही कारण पनि हुनसक्छ , मोरङमा रहेका संस्थापन भनिएका कांग्रेसी नेताबाट कोईरालालाई भित्रभित्रै हराउने खेल हुन सक्दछ । यी यस्ता कारणले कोईरालालाई चुनाव जित्नु फलामको चिउरा चपाउनुसरी हुने छाँटकाँट देखिन्छ ।

यता एमालेबाट चुनावी मैदानमा उत्रेका लालवावुले ७४ को चुनावमा जिती ५ बर्ष सांसद भई र २१ महिना मन्त्री भएर जनताको तहमा पुगेर देखिने केही काम नै नगरेका कारणले जनता आजित भईसकेका छन् । यसको सोझो अर्थ लाग्छ, राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट यो पालीको प्रतिनिधि सभाको चुनाव जित्ने त कतैं होईनन् यस्तैं गाईगुई मोरङ–६ मा चल्दैछ ।

मोरङ–५ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल, एमालेको सहकार्यमा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादव चुनावी प्रतिष्पर्धामा छन् । दुवैलाई काउन्टर दिदै छन् , राप्रपाका उम्मेदवार रेवत बहादुर थापाले । मण्डलले मोरङ–५ मा ७४ को चुनावमा जिति ५ बर्ष सांसद भएर तापनि आम जनताको मन जित्ने गतिलो काम एउटा पनि गरेनन् । अझ मन्त्री भएर आफ्नै मात्र सेवा गरे । आसेपासेकाको जीवनस्तर राम्रो बनाएँ । यथार्थतामा मण्डललाई मोरङ–५ का जनताले गम्भिर रुपमा मूल्यांकन गरिरहेका छन् ।

राजकुमार यादव विल्कुलै नयाँ अनुहार हुन् । विराटनगरका लागि नौलो नहोला तर, मोरङ–५ का लागि खासै चिनिएका पात्र भने होईनन् । अझ, सत्ता गठबन्धनबाट बाहिरिएपछि जसपाको हालत घर न घाटको भएको आम बुझाई छ । यसको सिधै अर्थमा फाईदा राप्रपाका मोरङ–५ का उम्मेदवार रेवत बहादुर थापालाई जान पनि सक्दछ । यही चर्चा बग्रेल्ती चलिरहेको छ ।

मोरङ–४ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी अनि एमालेबाट विनोद ढकाल र राप्रपाबाट रवि रिजाल चुनावी दौंडमा सामेल छन् । मोदी गएको ७४ को चुनावका विजेता हुन् । यिनले कांग्रेसका प्रभावशाली मानिएका नेता महेश आचार्यलाई हराई त्योबेला तहल्का पिटेका थिएँ ।

यता अहिलेसम्म कुनैपनि चुनाव नजितेका एमालेका विनोद ढकाल लाई त खासै मतदाताले चासोपूर्वक हेरेका छैनन् । मोदी को हकमा केही हदसम्म सकारात्मक सिन्ट्रोम देखा परे तापनि त्यो पर्याप्त नभएको यसै भेगका मतदाता हाक्काहाक्की बताउँछन् । मतलव, निशानामा राप्रापाका उधमी युवा नेता रिजाल पो हावी हुन सक्छन् की भनी मोरङ–४ मा सुनिदैछ ।

पासा आफूतिर पलटाउन राप्रपाका कटुवाल, थापा एवं रिजाल तम्मतयार भएर मंसीर–४ को प्रतीक्षामा रहेको देखिन्छ । तरपनि चुनाव हो, यो पनि एक खेल मैदान हो । खेलाडीहरु सवै आफै नै जित्ने हिसाबले चुनावी मैंदानमा हुन्छन् । जसको लागि मंसीर ४ लाई जो कोही ले कुर्ने पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]