०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दोषी ठहर भए कति वर्षका लागी जेल जान्छन् रवि ?

Logo

विराटनगर, भाद्र २
संचारकर्मी लामेछानेको प्रसंशक थुप्रै छन् त्यतिकै आलोचक पनि । एकातर्फ प्रसंशकहरु लामेछाने निर्दोष भएको भन्दै तत्काल उनको ससम्मान रिहाईको माग गरिरहेका छन् भने अर्कोतर्फ आलोचकहरु लामेछाने नै दोषी भएको भन्दै कडाभन्दा कडा कारवाही गर्न माग गरिरहेका छन् । सर्मथक भन्छन् बाईज्जत बरी गर । विपक्षी भन्छन् अजिवन करावास गर ।
पक्ष विपक्षले आआफनो धारणा बनाईरहदा कानुनले के भन्छ त्यो बुझन् जरुरी छ किनेभने उनालाई दण्डसजाय कानुन अनुसार हुने हो न की कसैको धारणा अनुसार ।
के भन्छ कानुनले ?
रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दा परेको छ । उनीहरुलाई हत्याको अभियोग लागेको होईन तर उनका विपक्षीहरु लामेछानेले नै हत्या गरेको झैं गरी आजिवन कारवासी हुनुपर्ने माग गरिरहेका छन् । यदि उनीहरुलाई लागेको आरोप पुष्टी भयो भने पनी उनीहरु हत्यारा नभएर आत्माहत्याको कारक मात्र ठहरिनेछन् ।
मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसुुैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराएको पुष्टि भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
यदी आदालतवाट रवि, युवराज र अस्मिता देषी ठहर भएको खण्डमा उनीहरुलाई यस मुद्दा अन्र्तगत अधिक्तम पाँच वर्षसम्म मात्र कैद हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]