०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा सम्धी–सम्धिनी सहित २७ जोडी शङ्कास्पद अवस्थामा पक्राउ

कलेज ड्रेसमै थिए एक जोड
Logo

विराटनगर, भाद्र २
जिल्ला प्रहरी कार्यालय मोरङले गत शुक्रवार विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटल लजमा छापा मर्यो । त्यसक्रम प्रहरीले २७ जोडीलाई शङ्कास्पद अवस्थामा होटल तथा लजको कोठामो फेला पारेका थियो । लगतै प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा फेला परेका केही जोडीहरुको सम्बन्ध केलाउदा प्रहरीहरु समेत चकित परे । प्रहरीका अनुसार एक जोडी नातामा सम्धी–सम्धिनी पर्ने समेत थिए । त्यस्तै एक जोडी कलेज ड्रेसमा भेटिएका थिए । उनीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । त्यस्तै धरानका एक युवाले काठमाडौंदेखि एक किशोरीलाई आवत–जावत हुने गरी हवाईजहाजको टिकट काटेर विराटनगर ल्याएका थिए । ति जोडीमा युवा विवाहित र किशोरी भने अविवाहित थिए ।
अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले लामो समयपछि शुक्रवार विराटनगरका अधिकांश होटल तथा लजहरूमा छापा मारेको थियो । पक्राउ परेका सबै जोडीहरुलाई पहिलो चोटका लागी सचत गराएर छोडेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]