०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

होटल पारिजातमा विराटनगरकै सबैभन्दा ठूलो पर्दामा विश्वकप देखाईदै

Logo

विराटनगर, मंसीर १२
निरज बस्नेत
विराटनगर–६ नं. वडामा रहेको पारिजात होटलमा ठुलाे पर्दामा लाइभ विश्वकप फुटवल देखाइदैछ । होटलका संचालकद्दय परशुराम गिरी एवं परितोष गिरीले यसको लागि अहोरात्र मिहीनेत गरेका छन् । जसको परिणाम आज विराटनगरवासीले होटलमा नै बसेर घरकै आनन्दमा विश्वकप फुटवलको मज्जा उठाउँन सक्छन् । लाइभ प्रसारणकाे लागी हाेटल पारिजातमा आकर्षक पर्दा तयार गरीएकाे छ ।

विराटनगरमा निर्माणाधीन र्याडिसन होटल पछाडी रहेको पारिजात होटलमा स्वादिष्ट  खाजाका परिकारहरु समेत उपलव्ध छन् । फुटवलका साथमा फाष्टफूटको बेग्लै लाभ उठाउन सकिनेछ । पारिजातमा लाइभ पुर्ण रुपमा निशुल्क देखाइने हाेटलका संचालक परिताेष गिरीले जानकारी दिए ।

यहाँ पूर्ण पारिवारिक वातावरणमा बसेर यसपालीको कतार विश्वकप फुटवलको आनन्द लिन सवैखाले महानुभावहरु आउँन सक्छन् । यहाँको परिकारको रेट एकदमै सुलभ रहेकाले एकपटक हाेटल पारिजात अवलाेकन गर्न स‌ंचालकले अनुराेध गरेका छन्।

पारिजातको पर्दा विराटनगरकै ठूलो रहेको संचालक परशुराम गिरीको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]