३० भाद्र २०८२, सोमबार
15-09-2025 , Mon
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

हिन्दू धर्मको संरक्षणमा रिजालको अग्रसरता

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

विराटनगर, मंसीर २२
निरज बस्नेत
विराटनगर–३ निवासी राष्ट्रप्रेमी युवा समाजसेवी रवि रिजालको हिन्दू धर्मको संरक्षणमा विशेष अग्रसरता देखिएको छ । हिजो के थियो, त्यो ईतिहास बनिसकेको छ । तर, आज रिजाल आफैमा समाजसेवाको पर्याय बनिसकेका छन् ।

रविका हजुरवुवा नेपालका पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन् , जसको नाम स्व. नागेन्द्र प्रसाद रिजाल हो । जसको योगदान नेपाली राजनीतिमा अतुलनीय छ ।

यहाँ स्व. नागेन्द्रको प्रसंसा गर्नु त खासै जरुरी त थिएन, तरपनि प्रसंग हिन्दू धर्मसँग सम्वन्धित भएको कारण उठान गरिएको हो । स्व. नागेन्द्र विश्व हिन्दू महासंघका संस्थापक अध्यक्ष समेत थिए । नेपालमा हिन्दू राष्ट्रको पहिचान स्थापित गर्नमा स्व. नागेन्द्रको जसरी महत्वपूर्ण भूमिका छ । आज उनकै पथलाई पछ्याउँदै उनकै नाती रवि पनि हिन्दूत्वको मार्गतर्फ एककदम अगाडी बढेका छन् । यसमा रविसँगै उनकी अर्धागिंनी आराधना पुडासैनी रिजाल पनि काँधमा–काँधमा मिलाई होस्टेमा हैंसेको गतिमा साथ निभाइरहेकी छिन् ।

यो रिजाल परिवारमा एकप्रकारको हिन्दू धर्मप्रतिको अन्तरमनको लगाव त छदैछ साथमा अन्य धर्म मान्नेहरुप्रति पनि गहिरो सद्भाव छ । सुनसरीको चतराधाम स्थापना हुनुमा समेत यो परिवारको अविस्मरणीय योगदान रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]