२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय खानाका परिकार

Logo

विराटनगर, मंसिर २६
विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन मिल्ने छ ।
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्याइने भएको छ ।

एक्स्पो अवलोकनगर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइने भएको हो । विराटनगरमा आयोजना हुने एक्स्पोलाई विगतमा भन्दा फरक र आकर्षक बनाउन विभिन्न नयाँ योजनाहरू ल्याइएका छन् ।

निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्ताहरूलाई आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशको जिल्लाबाट आउने आगन्तुकहरूलाई लक्षित गरी विराटनगरका होटलहरूलेसमेत छुटको व्यवस्था गर्ने भएका छन् । आयोजक समितिले होटल एशोसिएसन नेपाल प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुट र एक्स्पो अवधिभर डिस्काउण्टसहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यू राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी, एक्पोमा स्थानीय परिकारहरूको व्यवसायीक रुपान्तरण गर्ने लक्ष्यकासाथ तयारी गरिएको छ । स्थानीय परिकारको व्यवसायीक रुपान्तरणले समग्र खाद्य प्रशोधन र उत्पादनको श्रृंखलालाई चलाएमान बनाउने जनाइएको छ ।

एक्स्पोमा उदयपुरको केराको परिकारदेखि मोरङ कटहरीको च्याउको परिकार, घुँगी, सेलरोटी, थकाली खानालगायतका परिकारका स्टलहरू राखिने भएका छन् । स्थानीय परिकारका स्टलहरूले एक्स्पोमा आगन्तुकहरूलाई आकर्षण गर्ने कृषि विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । कृषि विकास मन्त्रालय प्रदेश १ की खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकारलाई व्यवसायीकरकण गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा खानाका विभिन्न स्टलहरू राखिएको बताएकी छन् ।
उनले स्थानीय खानाका परिकारहरूलाई परिस्कृत रुपमा मेलामा राखिने हुनाले नयाँ स्वादका कारण उपभोक्ता आकर्षित हुने बताएकी हुन् । पोखरेलले मन्त्रालयले स्टल भाडामा लिएर किसानहरूलाई स्थानीय स्तरका परिकारहरूको प्रवद्र्धनका लागि उपलब्ध गराएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]