२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटनगरमा लक्ष्मीलाई लुगा बेच्‍न भ्याई नभ्याई

Logo

विराटनगर, मंसिर २७
दिनेश खड्का
विराटनगरको लक्ष्मी फेसन स्टोरमा ग्राहकहरुको अस्वभाविक भिड बढीरहेको छ । मुख्य बजार ट्राफिक चौकमा रहेको उक्त लुगा पसलले अन्य पसलभन्दा आधा दाममा लुगाफाटा विक्रि गरेपछि उक्त पसलमा ग्राहकको आकर्षण बढेको हो ।

स्टोरको संचालिका लक्ष्मी लिम्बु हुन् । बिहान ८ बजे पसल खोलेपछि लिम्बु दिउँसोको खाना खान समेत भ्याउदिनन् । उनले स्टोरको कपडाहरु टिकटक फेसबुकजस्ता सोसल मिडियाबाट प्रमोट गरिरहेकी हुन्छिन् । तर सोसल मिडियाबाट मात्र ग्राहक ह्वात ह्वाती आएको भने होइन । लिम्बु एक स्मार्ट विजनेश वुमन हुन् । उनले पसलमा विजनेशका केही सामान्य शिद्धान्तहरु प्रयोग गरी ग्राहकलाई आकृष्ट पारिरहेकी छन् । उनले “लो मार्जिन हाई सेल्स”को सिद्धान्तको प्रयोग गरी ग्राहकलाई लोभ्याईरहेकी छिन् । कपडामा १ सय प्रतिशतदेखि ५ सय प्रतिशतसम्म प्राय व्यापारीहरुले मार्जिन राख्ने गरेका हुन्छन तर लिम्बुले भने कुनै पनि कपडामा १० देखि २० प्रतिशतभन्दा माथि मार्जिन राख्ने गरेकी छैनन् । सोही कारण पनि उनको पसलमा लुगाफाटाको मुल्य निकै नै सस्तो पर्न जान्छ ।

लक्ष्मी फेसन स्टोर अहिले विराटनगरको एक नम्बर कपडा विक्रि गर्ने पसल बनेको छ । सो स्टोर कर कार्यलय अगाडि रहेको गल्ली भित्र छ । तर विराटनगरको बजारको मुख्य सडकमै रहेको लुगा पसलहरुलाई गल्लीको लक्ष्मी स्टोरले मात दिईरहेको छ । सो स्टोरमा दैनिक दुई सयभन्दा बढी ग्राहक आउने गरेको बुझिएको छ । लक्ष्मी फेसनले बजारमा रहेका कपडा पसलहरुलाई मात्र हैन विराटनगरका भाटभटेनी र सेन्ट्रलमल जस्ता ठुला सपिङ कम्पेक्सलाई समेत कपडा बेच्ने मामलामा पछि छोडेको छ ।

साेसल मिडियामा लक्ष्मीले प्रद्धर्शन गरेका लुगाका भिडियाेहरु प्राय भाईरल छन् । देशैभरीबाट उनलाई चिन्नेहरु लुगाफाटाहरु खरिद गर्न उनकाे पसलमै समेत आइपुग्द छन् । उनले अनलाईनमार्फत पनि कपडाहरु बिक्री गर्दै आएकी छिन् । स्टाेरमा भाैतिकरुपमै ग्राहकहरुकाे चाप बढीरहेकाले उनलाई अनलाईन डेलिभरी दिन समेत हम्मेहम्मे परी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]