२९ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

विकीनी किलर कुख्यात अपराधी चाल्र्स शोभराज विहीवारै रिहा हुने बताएतापनि शोभराज आफैले कारागार नै रोजे

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

विराटनगर, पुष ७
निरज बस्नेत
विकीनी किलरका नामले परिचित कुख्यात अपराधी चाल्र्स शोभराज विहीवार नै रिहा हुने पक्का भएको बताएतापनि शोभराज आफै रिहा हुन मानेनन् । यससँगै शोभराजलाई अव कारागारमा पाहुनासरी राख्ने कारागार स्रोतले बतायो ।

आवश्यक सवै प्रक्रिया पूरा गरी केन्द्रिय कारगारबाट चाल्र्स आजै थुनामुक्त हुने यसअघि बताइएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९(२ क) ले ६५ बर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुननसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले बुधवार नै शोभराजलाई रिहा गर्ने आदेश दिएको थियो । आदेशमा चाल्र्शलाई १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न भनिएको छ । रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रिय कारागारभित्रै शोभराजको स्वास्थ्य परिक्षण गरिदैछ ।

सिरियल किलर शोभराज थुनामुक्त हुने भएपछि यिनकी सासुआमा शकुन्तला विश्वास औधी रमाएकी छिन् । रमाउँदै िभनिन् आई एम ग्रेटफूल, आई एम ह्याप्पी विश्वासले भनिन् । शकुन्तलाकी छोरी निहीतासँग शोभराजले विवाह गरेका थिए । जुन विवाह जेलमै भएको हो । पछि निहीता भारतीय रियालिटी शो विग बोसमा पनि सहभागी भएर समेत चर्चा बटुलेकी थिइन् । त्यहाँ रहँदा समेत निहीता शोभराजको प्रसंगले अधिक चर्चाको केन्द्रमा थिइन् ।

शकुन्तला एवं निहीता आमा–छोरी दुवै अधिवक्ता समेत हुन् ।

अदालतको आदेशमा शोभराजलाई १५ दिनभित्र उनको राष्ट्र फ्रान्स नै पठाइदिनु भनेको छ । यता शोभराज चाही जेलबाट मुक्त पश्चात् केही समय नेपालमै बस्न चाहन्छन् । रिहा लगत्तै शोभराजको ह्यात होटलमा बसेर मुटुको उपचार गराउने योजना रहेको छ ।

केन्द्रिय कारगारमा शोभराज १९ बर्ष २ महिना रहे । शोभराज अहिले ७७ बर्षको पुगे । सन् २००३ देखी शोभराज थुनामा थिए । सर्वोच्चका न्यायाधीस सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठले शोभराजलाई रिहा गर्ने आदेश दिएको हो । शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । यिनलाई जिल्ला अदालत भक्तपुरले कर्तव्य ज्यान सम्वन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

शोभराजले २१ डिसेम्वर १९७५ मा भक्तपुरमा आरमण्ड लरेण्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए । शोभराज सन् १९६३ देखी १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलावद्द हत्या गरेर फरार व्यक्ति थिए ।

शोभराजविरुद्द अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) ले पनि ग्रिन कर्नर नोटिस जारी गरेको थियो । शोभराज भारतको जेलमा पनि १० बर्ष बसेर फरार भएका थिए । फरार हुने क्रममा यतिवेला शोभराजले कारागारमा खटिएकासहित कैदीबन्दीलाई बेहोस हुने औषधी खुवाएर भागेका थिए । शोभराज मोतीका व्यापारी पनि हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]