२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आर्थिक चलाएमान बनाउँदै सम्पन्न भयो विराट एक्स्पो

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

विराटनगर, पुस ११
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको छ ।
वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नपर्ने बताएका हुन् ।

मुख्यमन्त्री राईले खाली कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आए पनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खडकिरहेको बताए । विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि नेपाल सरकारका सबै निकायहरुमा अनुरोध गरीसक्दा समेत यसतर्फ कसैको चासो नगएको उनको गुनासो छ ।

एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरु संचालन गरीएको उनले बताए । उनका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशिलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा छलफल भएका छन् । ५७ जना विज्ञहरुको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरुबाट भएको प्रस्तुतीले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको प्याकुरेलको दाबी छ ।

एक्स्पोमा उद्योग व्यवसायको व्यवसायिक स्वास्थ्य परीक्षण, तदनुरुपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्ग निर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरुमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए ।
एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले बताए । उनका अनुसार ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको दाबी गरे । समापन कार्यक्रममा उत्कृष्ठ उद्यमीहरूलाई पुरस्कार गरिएको थियो । जसमा कृषितर्फ सनम फलफुल प्रशोधन उद्योग, उद्योगतर्फ अरिहन्त मल्टिफाइवर्स लिमिटेड, व्यापार अटोमोबाइल होटल तर्फ चन्द्रमा कोसेली तथा मसला उद्योग र प्रायोजक र पेभेलियन अन्तर्राष्ट्रियतर्फ क्याजिक फुटवयरलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]