०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरको रथ यात्रामा प्रहरीको सेक्यूरिटि टाइट

छ्याप छ्रयाप्ति सादा पोसाकमा प्रहरी, ठाउँ ठाउँमा सिसि क्यामेरा
Logo

विराटनगर, भाद्र ४
भदौ ७ गतेका दिन विराटनगरमा आयोजना हुुने श्री राधाकृष्ण रथ यात्राका लागी जिल्ला प्रहरी कार्यालय मोरङ्गले सुरक्षा व्यवस्था कडा बनाएको छ । त्यसका लागी मोरङ प्रहरीले एघार सय प्रहरी परिचालन गर्ने भएको हो । रथयात्रा ०७६लाई भव्य, सभ्य एवम् मर्यादित बनाउन र रथयात्राको क्रममा हुन सक्ने उच्छृंखल क्रियाकलापलाई नियन्त्रण गर्न विशेष सुरक्षा नीति अवलम्बन गर्दै भारी मात्रामा सादा पोसाकका प्रहरी समेत खटाइने मोरङका एसपी विश्व अधिकारीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथ परिक्रमा हुने रुटमा सिसि क्यामेराबाट निगरानी समेत गर्ने भएको छ । साथै रथयात्रामा सहभागी हुन आउने महिलाहरुलाई बहुमुल्य गरगहनाहरु नलगाउन पनि प्रहरीले अनुरोध गरेको छ ।
अपराधीहरुलाई भाग्न सजिलो हुन सक्ने भएकाले रथयात्राको क्रममा निस्कने विभिन्न झाँकीहरुलाई समेत चर्को ध्वनीमा संगीत नबजाउनका लागी प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]