०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरको रथ यात्रामा प्रहरीको सेक्यूरिटि टाइट

छ्याप छ्रयाप्ति सादा पोसाकमा प्रहरी, ठाउँ ठाउँमा सिसि क्यामेरा
Logo

विराटनगर, भाद्र ४
भदौ ७ गतेका दिन विराटनगरमा आयोजना हुुने श्री राधाकृष्ण रथ यात्राका लागी जिल्ला प्रहरी कार्यालय मोरङ्गले सुरक्षा व्यवस्था कडा बनाएको छ । त्यसका लागी मोरङ प्रहरीले एघार सय प्रहरी परिचालन गर्ने भएको हो । रथयात्रा ०७६लाई भव्य, सभ्य एवम् मर्यादित बनाउन र रथयात्राको क्रममा हुन सक्ने उच्छृंखल क्रियाकलापलाई नियन्त्रण गर्न विशेष सुरक्षा नीति अवलम्बन गर्दै भारी मात्रामा सादा पोसाकका प्रहरी समेत खटाइने मोरङका एसपी विश्व अधिकारीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथ परिक्रमा हुने रुटमा सिसि क्यामेराबाट निगरानी समेत गर्ने भएको छ । साथै रथयात्रामा सहभागी हुन आउने महिलाहरुलाई बहुमुल्य गरगहनाहरु नलगाउन पनि प्रहरीले अनुरोध गरेको छ ।
अपराधीहरुलाई भाग्न सजिलो हुन सक्ने भएकाले रथयात्राको क्रममा निस्कने विभिन्न झाँकीहरुलाई समेत चर्को ध्वनीमा संगीत नबजाउनका लागी प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]