२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

देशभरीबाट ५० हजार जुत्ता–चप्पल व्यापारी एक्स्पोमा सहभागी हुने अनुमान

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

दिनेश खड्का

काठमाडौं, पुष १९
जुत्ताचप्पल बिक्रेताहरुको लागी पहिलो पटक नेपालमा जुत्ता उत्पादक संघले अन्तराष्ट्रिय फुटवेयर एक्स्पोको आयोजना गर्दैछ ।

“१६औँ अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी २०२३” नाम दिईएको सो एक्स्पो पुष २१ देखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुँदैछ । जुत्ता व्यापारीलाई लक्षित गरी आयोजना गरिएको उक्त एक्स्पोमा खुद्रा जुत्ता चप्पल बिक्रि नगरिने एक्स्पोका संयोजक सुरज बंजाडेले जानकारी गराए ।

एक्स्पोको १५ औं संस्करणसम्म खुद्रा उपाभोक्ताको लागी समेत आयोजना हुँदै आएको उक्त एक्स्पो यसपटक भने डिलर, होलसेल र विक्रेताको लागी मात्र आयोजना गरिएको संयोजक बंजाडेले बताए । “यो एउटा विशुद्ध वि टु वि मोडलको एक्स्पो हो । यहाँ खुद्रा सामान विक्रि वितरण हुदैन” संयोजक वंजाडेले भने “ यो एक्स्पोमा जुत्ताचप्पल उत्पादकले मुलुकको विभिन्न ठाँउबाट आएका व्यापारीलाई मात्र सामान बेच्ने हो । र, उत्पादक र विक्रेता विच सम्बन्ध स्थापित गराउने एक्स्पोको उद्देश्य हो”
एक्स्पोमा १ सय १५ जुत्ता चप्पल कम्पनीका स्टलहरु रहने बतार्ईएको छ । त्यसै गरी फुटवेयर म्यानुफ्याक्चरका लागी आवश्यक पर्ने कच्चाबस्तुका उत्पादक र आयतकर्ताहरुको समेत एक्स्पोमा स्टलहरु रहने छ ।

एक्स्पो पुर्णरुपमा निशुल्क रहेकाले दशैभरिका जुत्ताचप्पल व्यापारीलाई एकपटक एक्स्पो अवलोकन गर्न आयोजकले आग्रह गरेको छ । व्यापारीहरुले एक्स्पोमा सहभागी हुन विजनेश कार्ड, भिजिटिङ कार्ड वा कुनै पनि प्रकारको व्यापारीसँग आवद्ध रहेको प्रमाण देखाउनु पर्ने हुन्छ । एक्स्पोमा आउने व्यापारीहरुले विभिन्न जुत्ता चप्पल कम्पनीका संचालक तथा प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाउनेछन् । व्यापारका लागी विभिन्न कम्पनीसँग जोडिन चाहने, विभिन्न शहरहरुमा डिलर तथा होलसेल खोल्न चाहने व्यापारीहरुको लागी समेत एक्स्पो फलदाही हुने संघका अध्यक्ष नानीराज घिमिरेले जानकारी गराए । विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले अनेकौं स्किम तथा छुट दिने भएकाले, देशका कोहीपनि जुत्ता चप्पल व्यापारीलाई एक्स्पो नछुटाउन अयोजकले सुझाएका छन् ।

एक्स्पोमा विदेशवाट समेत विक्रेताहरुलाई बोलाईएको छ । भारत, चाईना, भेतनाम र डेनमार्कबाट समेत विक्रेताहरु आउने आयोजकले जानकारी दिएको छ । त्यससँगै जुत्ता चप्पल बनाउन आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको स्टलहरु समेत एक्स्पोमा राखिने बताईएको छ ।
मुलुकका विभिन्न शहरबाट आएका करिब ५० हजार जुत्ता चप्पल व्यापारीले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]