१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बर्जु गाउँपालिकाका अध्यक्ष, जीवच्छ कुमार राय, जनताको मन जित्दै , अगाडी बढ्दै

Logo

निरज बस्नेत
बर्जु, पुष २४
सुनसरीको चिमडीमा रहेको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ कुमार राय, जनताको मन जित्दै, अगाडी बढिरहेका छन् । एमालेबाट गएको स्थानीय चुनावमा बर्जु गाउँपालिकाको अध्यक्ष जितेर आएका रायमा चाडैं जनतासँग घुलमिल हुने खुवी छ ।

रायको यही असल बानीले आज बर्जु गाउँपालिकामा आम गाउँपालिकावासीले सुशासनको अनुभूति गरिरहेका छन् । बर्जुमा जम्मा ६ वटा वडा कार्यालहरु छन् । ६ मध्ये ४ वटा वडाहरु एमालेको पोल्टामा गएको छ । वडा नं. ६ र ३ चाँही कांग्रेसले जितेको छ ।

उपाध्यक्षमा नितु कुमारी चौंधरी समेत एमालेकी नै हुन् । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत पुग्छ । यही कारण पनि अध्यक्ष रायले जनताको तहमा पुग्ने गरी काम गर्न सक्छ । यसलाई नै शिरोधार्य गर्दे बर्जु गाउँपालिकाका अध्यक्ष राय सहितको टिमले जनताको मन जित्ने काम गरिरहेको आम बर्जुवासी सगौरव बताउँछन् ।

जनताको पक्षमा सही निर्णय गर्ने क्षमता भएकै कारण समेत अध्यक्ष राय सवैमाझ लोकप्रिय छन् । यिनको लोकप्रियताको अगाडी अन्य पार्टीका प्रतिनिधि फिक्का सावित भएको देखिन्छ । बर्जु गाउँपालिका कार्यालय अहिले नयाँ भवनमा संचालित छ । एकतल्ले यो भवनको पूर्वपट्टिीको कुनाको कोठा गाउँपालिका अध्यक्ष रायको हो । यहाँ अक्सर आउँने आगन्तुकलाई रायले पूरापूरी समय दिने गरेका छन् । संभव भएसम्मको सक्दो सहयाेग गर्ने पनि गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद चाैधरि अलिक कडीकडाउँ छन् । तरपनि जायज काममा निपुर्ण छन् । लेखा अधिकृतमा विप्लव घिमिरे कार्यरत छन् । घिमिरे मिजासिला , सहयोगि नै छन् । सूचना अधिकृतमा सृजना क्षेत्री फ्रेण्डली स्वभावकी पाइयो । अन्य कर्मचारीमा समेत मित्रताको स्वभाव राम्रो देखिएको पाइयो ।

नयाँ भवन भएकै कारण पनि शौचालय सफा, राम्रो देखिन्छ । सावुन, हेण्डवासको राम्रै प्रवन्ध छ । पिउँने पानीको लागि जारकै व्यस्था छ । भवनभित्र छिर्नासाथ सहयोग कक्ष छ ।

समग्रमा दूरदृष्टि भिजन भएका बर्जु गाउँपालिकाका अध्यक्ष राय सहितकाे टिम रहुन्जेल यो ५ बर्षभित्रमा केही न केही राम्रै काम गरेर जाने बर्जुवासी अधिकांशको विश्वास रहेको छ ।

गाउँपालिका भवन कै अगाडी वडा नं. ५ को वडा कार्यालय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]