१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

म मरे पनि मेरो देश बाचिरहोस् भन्दै इलामका प्रेम आचार्यले आफैलाई आगो लगाएर जीवनलीला समाप्त पारे

Logo

निरज बस्नेत
विराटनगर, माघ ११
आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा कै सहाराले आगो निभाउने कोशिश त गरे । जसले जति प्रयास गरे तापनि आचार्यको ८० प्रतिशत शरीर आगोले जलेर छोड्यो । उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल उपचारार्थ त लगियो । विडम्वना, आज विहान यिनको जीवनलीला समाप्त भयो ।

मर्नुअघि आचार्यले भावुक हुँदै ६ हजार ५ सय ५३ शब्द फेसबुकमा स्टाटस लेखेका थिँए । स्टाटस पढ्दा जो कोहीको आँखा रसाउँछ । मर्नुपर्ने बाध्यता राज्यकै कारण आइपरेको उक्त स्टाटसबाट क्लियर बुझ्न सकिन्छ ।

बैंकलाई यसमा उनले मुख्य दोषी मानेर टिप्पणी समेत गरेका छन् । शुरुमा कवोल गरिएको ५ प्रतिशत ब्याजलाई एकाएक १५ प्रतिशत पुर्याउने नेपालका बैंकहरु मान्छेलाई मर्न बाध्य पार्ने अर्को डरलाग्दो संस्था हो । आक्रोश पोख्दै निराशाका कयौं शब्दहरु उनले लेखेका छन् । विगतमा साझा विवेकशील पार्टीसँग आवद्द भएर आशाको दियो बल्छकी भन्ने पनि धेरै कोशिश पनि यिनले नगरेका होइनन् ।

तर, यस पार्टीको मूल नेतृत्वबाट समेत सिर्फ धोका सिवाय कहीकतै केही नमिलेपछि यिनको केही सिप त्यहाँनिर समेत चलेन । घरबाट काठमाडौं छिर्नुअघि विदेश जान्छु भनी हिडेका यिनले राजधानीमा धेरै ठक्कर धेरै जनाबाट खाएँ ।

राजनीतिको मूल नेतृत्वमा युवापुस्ता आएको प्रति समेत यिनलाई आशा चाही लागेको पनि छ । तथापी फोहरी राजनीतिको कुरुप चित्रले आज यिनलाई ३६ बर्षकै उमेरमा यो संसार सदाका लागि छोड्न बाध्य पार्यो ।

कस्तो मुलुक हाम्रो आज कस्तो बनाएँ । यही यस्तैको लागि नेपाली जनताले परिवर्तन ल्याएका हुन् त ? केही सिमित घरानियाको मुठ्ठीमा मेरो मुलुक आज कसिएको छ । म के नै गर्न सक्छु र ? मरेर जाँदा–जाँदा उनले भनेका छन् ।

म त मरेर जादैछु । मेरो जस्तै यो नियति कम्तिमा मेरो श्रीमती, छोरीहरुले भोग्नु नपरोस् । कसैले मलाई केही सहयोग गर्न सक्छ भने कृपया मेरो ऋण तिरीदिनुहोला, उनले भनेका छन् ।

मैलै गरेको यस्तै काम मेरो श्रीमतीलाई गर्न बाध्य नपारिदिनुहोला उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]