२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

धनकुटा महोत्सवमा भागदौड मच्चिदा दर्जनौं घाइते

Logo
प्रकाशित आइतबार, माघ १५, २०७९

निरज बस्नेत
धनकुटा, माघ १५
गएराती धनकुटा महोत्सवमा भागदौड मच्चियो । गायक प्रमोद खरेल स्टेचमा गाना गाइरहेका थिँए । सँगै महोत्सवमा अर्कोपट्टी हाउजी गेम चलिरहेको थियो । यही खेलका कारण महोत्सवमा अत्यधिक भीडभाड भइरहेको थियो । यता महोत्सवको मूलगेटमा मान्छेहरु एकैचोटी ओहोरदोहोर गर्ने क्रमकै कारण यो भवितव्य घटना घट्न पुगेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय संतोषी राईले बेलिविस्तार लाउँदै बताएँ । यसक्रममा दर्जनौं घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनाको उपचार घोपा क्याम्प धरानमा भइरहेको धरान प्रहरीले जानकारी दिएको छ । यता घाइते १२ जनाको उपचार धनकुटा अस्पतालमै भएको र, उनीहरु घर फर्किएको धनकुटा अस्पताले बताएको छ । घाइते २ बच्चाको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको गोल्डेन अस्पतालका प्रबन्धक संतोष मेहेताले जानकारी गराएका छन् ।

यो महोत्सवले जुवाजन्य खेललाई ज्यादा महत्व दिएको कारण यो घटना घटेको धनकुटाका स्थानीयहरु आक्रोसित हुदै बताउँछन् । यता धनकुटा प्रशासनले आँखा चिम्लिदा समेत महोत्सव आयोजकको जुवाजन्य हाउजिङ गेम खेलाउँने मनोवल बढेको धेरैको प्रतिक्रिया रहेको छ ।

काम बिग्रिसकेपछि प्रशासनले झारा टार्ने हिसावले सर्वपक्षीय भेला आज बोलाएको छ । यो भेलाबाट महोत्सव स्थगित गर्ने निर्णय आउँनसक्ने निमित्त प्रजिअ ममता अधिकारी बताउँछिन् । जवकी महोत्सव भोली सकिदैंछ । यता महोत्सव थप २ दिन समेत लम्याउँने तयारी गरिदैछ । महोत्सव ६ माघबाट चलिरहेको अवस्था हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]