३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

धनकुटा महोत्सवमा भागदौड मच्चिदा दर्जनौं घाइते

Logo

निरज बस्नेत
धनकुटा, माघ १५
गएराती धनकुटा महोत्सवमा भागदौड मच्चियो । गायक प्रमोद खरेल स्टेचमा गाना गाइरहेका थिँए । सँगै महोत्सवमा अर्कोपट्टी हाउजी गेम चलिरहेको थियो । यही खेलका कारण महोत्सवमा अत्यधिक भीडभाड भइरहेको थियो । यता महोत्सवको मूलगेटमा मान्छेहरु एकैचोटी ओहोरदोहोर गर्ने क्रमकै कारण यो भवितव्य घटना घट्न पुगेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय संतोषी राईले बेलिविस्तार लाउँदै बताएँ । यसक्रममा दर्जनौं घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनाको उपचार घोपा क्याम्प धरानमा भइरहेको धरान प्रहरीले जानकारी दिएको छ । यता घाइते १२ जनाको उपचार धनकुटा अस्पतालमै भएको र, उनीहरु घर फर्किएको धनकुटा अस्पताले बताएको छ । घाइते २ बच्चाको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको गोल्डेन अस्पतालका प्रबन्धक संतोष मेहेताले जानकारी गराएका छन् ।

यो महोत्सवले जुवाजन्य खेललाई ज्यादा महत्व दिएको कारण यो घटना घटेको धनकुटाका स्थानीयहरु आक्रोसित हुदै बताउँछन् । यता धनकुटा प्रशासनले आँखा चिम्लिदा समेत महोत्सव आयोजकको जुवाजन्य हाउजिङ गेम खेलाउँने मनोवल बढेको धेरैको प्रतिक्रिया रहेको छ ।

काम बिग्रिसकेपछि प्रशासनले झारा टार्ने हिसावले सर्वपक्षीय भेला आज बोलाएको छ । यो भेलाबाट महोत्सव स्थगित गर्ने निर्णय आउँनसक्ने निमित्त प्रजिअ ममता अधिकारी बताउँछिन् । जवकी महोत्सव भोली सकिदैंछ । यता महोत्सव थप २ दिन समेत लम्याउँने तयारी गरिदैछ । महोत्सव ६ माघबाट चलिरहेको अवस्था हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]