२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

जन्म मेरो खोटाङ, कर्म मेरो सुन्दरहरैंचा : अर्जुन कुमार ढकाल

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

निरज बस्नेत
सुन्दरहरैंचा, माघ १७
खोटाङ जन्म स्थान बताउँने अर्जुन कुमार ढकाल विगत ४० बर्षअघिदेखी तराइमा छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ हाइवेमा रहेको अर्जुन नर्सरी उद्योग वि.सं. २०७१ साल श्रावण महिनादेखी अनवरतरुपमा चलिरहेको छ ।

वि.सं. २०१६ चैत्र १६ मा खोटाङमा जन्मिएका ढकाल, श्रीमती अन्जु ढकालका साथमा यहाँस्थित नर्सरीमा दिनभरी व्यस्त हुनेगर्दछन् । ३ छोरीहरु छन् । दुईको विवाह भइसकेको छ । एक अहिले साथमै छिन् । उनको अध्ययन जारी छ ।

अर्जुनको यो नर्सरीमा अहिले २ सय किसिमका फलफूलका विरुवाहरु पाइन्छन् । फलफूलको सौखिन भएकै कारण अर्जुनले यो फलफूलको विरुवासहितको नर्सरी खोलेका हुन् ।

वि.सं. २०४८ सालमा अर्जुनको विवाह अंजुसँग भएको हो । अंजुले यिनको काममा सकेको सहयोग गर्नमा कुनै कसर बाँकी राखेकी छैनन् । आज अर्जुनको सफलतामा उनकी अर्धाङिनी अन्जुको महत्वपूर्ण भूमिका रहेको छ ।

जीवनमा ३ छोरीहरुको लालनपालनमा समय खर्चिनु चानचुने कुरा पटक्कै होइन । यस्तो एउटा गहन भूमिका जिम्मेवारीपूर्ण निर्वाह गरेकै कारण पनि आज नर्सरी व्यवसायमा सफल हुनु अर्जुन आफुलाई भाग्यमानी नै मान्छन् ।

कान्छी छोरीले पनि वुवा–आमालाई राम्रै सघाएकी छिन् । वार्षिक ३ लाख भाँडा तिर्ने गरी उनले यो नर्सरी लिएका छन् । सरदर दैनिक आम्दानी ३ हजार हुने गरेको अर्जुन बताउँछन् । उनको यही सुन्दरहरैंचा–५ बाटै मतदाता नामावलीमा नाम छ । यही ठाउँबाट उनले चुनावमा मतदान गरी मतदाताको भूमिका पनि निभाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]