२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धान तालिम समापन

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

बिराटनगर, चैत्र २३
नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । बिराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गते देखि संचालन भएको उक्त तालिममा अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, उच्च अदालतका पुर्व न्यायधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका प्रहरी नायव उपरीक्षक सुदिप प्रसाद पाठक लगायतका प्रशिक्षकका प्रशिक्षण दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]