१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर

Logo

विराटनगर, चैत २६
काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनीक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरुले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना सिमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ ।

शेर्पा आउटडोर अन्तरर्गतको केटीएम सिटीले खेलकुद, फेसन, लाइफस्टाइलसँग जोडिएर आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट पार्ट्नर समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]