२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जि‍.पि.के. हक्की : उपाधिका लागी त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दै

Logo
प्रकाशित सोमबार, चैत्र २७, २०७९

विराटनगर, चैत २७
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ ।

आइतबार राति विराटनगरको सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस अघि अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगी सकेको छ ।उपाधि जितका लागि विभागीय टोली आर्मी र पुलिसले सोमबार राति खेल्दै छन् ।

पुलिसका सरम बोहरा, महेश धामी, सागर आचार्य, भरत खत्रीले समान १–१ गोल गर्दै टोलीका लागि जित निकालेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]