१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

Logo

विराटनगर, चैत २९

विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।

झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।

तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि विराटनगर जान त्यहाँका चिकित्सकले सुझाव दिए । त्यसपछि उनी आर्या न्यूरो हस्पिटलमा ८ चैतमा आइन् । आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गरे । ‘एमआरआइ गरेपछि कटुवालको ‘पाईका एन्युरीज्म’ भएको पत्ता लाग्यो । त्यसपछि चिकित्सकले शल्यक्रिया गरिनुपर्ने सल्लाह दिए ।

१२ चैतमा डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भयो । ‘टाउँको रगत जमेको थियो । त्यसलाई मेडिकल भाषमा पाईका एन्युरीज्म भन्ने गरिन्छ । रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम,’ उपचारमा संलग्न डा. नेपालले भने, ‘यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले विरामीको समयमै उपचार गनुपर्ने हुन्छ ।’

पाईका एन्युरीज्म क्लिपिङ’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए । ‘यो सँगै मैले ‘पाईका एन्युरीज्म क्लिपिङ’ को दोस्रो पटक शल्यक्रिया गरे,’ उनले भने, ‘यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो ।’

२० दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ । दिदीको सफल उपचार भएपछि विरामीका बैनी मुना भण्डारी दहालले उपचारमा खिटने चिकित्सक र हस्पिटललाई धन्यवाद दिइन् । ‘हस्पिटल ल्याउँदा दिदीको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर तीन हप्तासम्म उपचार गरेपछि दिदी ठिक हुनुभएको छ,’ डिस्चार्ज भएपछि बैनी मुनाले भनिन्, ‘अहिले दिदी राम्रोसँग हिडडुल गर्न सक्ने हुनुभयो । मज्जाले बोल्न सक्ने हुनुभएको छ ।’ आर्या न्यूरो हस्पिटलमा दिदीले नयाँ जीवन पाएको उनले सुनाइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]