०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपाल भारतकाे दुई ठुला अस्पतालले गरे सहकार्यकाे सम्झाैता

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ।

अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

शनिबार आयोजित विशेष कार्यक्रममा अमृता अस्पतालबाट आएका प्रा.डा. सञ्जय पाण्डे र डा. सौरभ पाहुजाको उपस्थितिमा यो साझेदारीको औपचारिक सुरुवात गरिएको थियो। न्यूरो अस्पतालका विशेषज्ञ डा. वीरेन्द्रकुमार विष्ट र डा. सुनन्द पौडेलले यो सहकार्यले मस्तिष्क र स्नायु रोग, फोक्सोसम्बन्धी समस्याका साथै क्यान्सर उपचार, अंग प्रत्यारोपण र रोबोटिक शल्यक्रियाजस्ता जटिल सेवाहरूमा गुणस्तरीय सुधार ल्याउने बताए।

कोशी र मधेश प्रदेशका हजारौं बिरामीहरू उपचारका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता अब कम हुने अस्पतालले दाबी गरेको छ। न्यूरोलोजी विभागलाई थप बलियो बनाउनुका अतिरिक्त पल्मोनरी सेवाको विस्तार यस सहकार्यको मुख्य फोकस रहेको जनाइएको छ।

साझेदारी घोषणासँगै न्यूरो अस्पतालले शनिबार नै न्यूरोलोजी र पल्मोनोलोजी रोगका बिरामीहरूका लागि निःशुल्क परामर्श शिविर सञ्चालन गर्‍यो। अमृताका विशेषज्ञहरूको प्रत्यक्ष सहभागितामा सञ्चालित शिविरमा ८१ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]