२४ मंसिर २०८२, मंगलबार
09-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाल भारतकाे दुई ठुला अस्पतालले गरे सहकार्यकाे सम्झाैता

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, मंसिर २४, २०८२

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ।

अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

शनिबार आयोजित विशेष कार्यक्रममा अमृता अस्पतालबाट आएका प्रा.डा. सञ्जय पाण्डे र डा. सौरभ पाहुजाको उपस्थितिमा यो साझेदारीको औपचारिक सुरुवात गरिएको थियो। न्यूरो अस्पतालका विशेषज्ञ डा. वीरेन्द्रकुमार विष्ट र डा. सुनन्द पौडेलले यो सहकार्यले मस्तिष्क र स्नायु रोग, फोक्सोसम्बन्धी समस्याका साथै क्यान्सर उपचार, अंग प्रत्यारोपण र रोबोटिक शल्यक्रियाजस्ता जटिल सेवाहरूमा गुणस्तरीय सुधार ल्याउने बताए।

कोशी र मधेश प्रदेशका हजारौं बिरामीहरू उपचारका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता अब कम हुने अस्पतालले दाबी गरेको छ। न्यूरोलोजी विभागलाई थप बलियो बनाउनुका अतिरिक्त पल्मोनरी सेवाको विस्तार यस सहकार्यको मुख्य फोकस रहेको जनाइएको छ।

साझेदारी घोषणासँगै न्यूरो अस्पतालले शनिबार नै न्यूरोलोजी र पल्मोनोलोजी रोगका बिरामीहरूका लागि निःशुल्क परामर्श शिविर सञ्चालन गर्‍यो। अमृताका विशेषज्ञहरूको प्रत्यक्ष सहभागितामा सञ्चालित शिविरमा ८१ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]