०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा

Logo
Janacharcha

विराटनगर, वैशाख १६

बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याउने भएकाे छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले साे प्याड  बजारमा ल्याउनेबारे दिएको हो ।

कोभिड–१९ का बेला स्थापना भएको उक्त उद्योगले माक्स, डेड कभर, फुटकभर जस्ता  स्वस्थ्य सुरक्षाका सामाग्रीहरु उत्पादन गर्दै आएकाे थियाे । उद्याेग स्थापना भएको दुई वर्षपछि विराट हेल्थ केयर इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याउदै छ । उच्च गुणस्तरको सेनिटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् ।

कम्पनीका प्रबन्ध निर्देशकका क्षत्र बहादुर खड्का अनुसार अबकाे एक साताभित्र नेपाली बजारमा  सबैतिर उपलब्ध हुने गरी वितरणकाे काम अघि बढी रहेकाे छ। यस कम्पनीले विभिन्न ९ प्रकारकाे प्याडहरु उत्पादनमा गरिरहेकाे छ । जुन महिला र वृद्ध र वैश्यककाे लागी हुनेछ । यस फ्याक्ट्रीले दैनिक ३ लिख पिस प्याड उत्पादन गर्ने क्षमता रहेकाे छ । त्यसै गरी केही समयमै कम्पनीले बेवी डाईपर समेत उत्पादन गर्ने तयारी गरिरहेकाे बताईएकाे छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]