१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

आज छुट्लान् त रवि ? के छ कानुनी प्रक्रिया

Logo

चितवन, भाद्र ८
अहिलेको चर्चित बहस हो, संचारकर्मी रवि लामेछाने पक्राउ प्रकरण ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका लामिछाने सहित तीनजनालाई अनुसन्धान गर्न भनी प्रहरीलाई चितवन अदालतले दिएको दोस्रो पटकको पाँच दिने म्याद शनिवार सकिएको छ ।
म्याद सकिएका कारण आइतबार (आज) उनीहरुलाई फेरि प्रहरीले अदालतमा उपस्थित गराउदै छ । अनुशन्धान बाँकी रहेमा फेरि म्याद थप हुने र पुरा भईसकेमा मुद्दा दायर हुने अदालती प्रक्रिया छ ।
अदालतबाट म्याद थप्दै अधिक्तम २५ दिनसम्म अभियुक्तलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी प्रवधान छ । सो प्रावधान अनुरुप, अनुसन्धान बाँकी रहेमा प्रहरीले अदालतको स्वीकृती लिई थप १५ दिनसम्म रविलाई हिरासतमा राखी अनुसन्धान गर्न पाउने छ । वा अनुसन्धान पुरा भईसकेमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । आज भने रविको विरुद्ध मुद्दा दायर गरिने सम्भावना बढी रहेको स्रोत बताउछ ।
मुद्दा दायर भए लगतै अभियुक्तलाई थुनामा राखेर अनुसान्धान गर्ने वा सधारण तारिखमा छोडेर अनुसन्धानलाई अघि बढाउने भन्ने विषयमा थुनछेकको बहस हुनेछ । उक्त बहस एक दिनभन्दा लामो समेत हुन सक्दछ ।
उक्त बहसले नै रविलाई साधरण तारेखा, धरौटीमा छोड्ने वा पुर्पक्षका लागी जेल चलान गर्ने भन्ने विषयमा आदेश गर्दछ । हालसम्मको अदालती नजर हेर्दा यस्ता प्रकृतीका गम्भीर मुद्दामा अभियुक्तहरुलाई प्राय जेल चलान गरी मुद्दा अघि बढाईएको पाईन्छ ।
मुद्दाको फैसाला हुन भने सामान्यता दुई देखि तिन वर्षसम्म लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]