०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नरेन्द्र र रेखा बने विराट–बर्जु हाफ म्याराथन विजेता

Logo
निरज बस्नेत

विराटनगर 
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् ।

सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गरेका थिए । त्यस्तै विष्टले ५ किलाेमिटरकाे निर्धारित दुरी १९ मिनेट ४ सेकेण्डमा पार गरेकी थिइन् ।

 

पुरुषतर्फ (१०१ जना सहभागी)

प्रथम – नरेन्द्र सिंह रावल – नेपाली सेना – १ घण्टा १७ मिनेट २८ सेकेण्ड – रु १ लाख नगद पुरस्कार

दोस्रो – सुशील कुमार शाही – नेपाली सेना – १ घण्टा १८ मिनेट – रु ७५ हजार नगद पुरस्कार

तेस्रो – मोहनदेव जोशी – वैतडी – १ घण्टा १८ मिनेट ३३ सेकेण्ड – रु ५० हजार रुपैयाँ नगद पुरस्कार

चौथो – होमलाल श्रेष्ठ – नेपाली सेना  – १ घण्टा १९ मिनेट ३९ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

पाँचौं – श्रीकाश राई – नेपाली सेना – १ घण्टा १९ मिनेट ५१ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

छैटौं – किरण सिंह बोगटी – सशस्त्र प्रहरी – १ घण्टा २० मिनेट ५ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

महिलातर्फ (२९ जना सहभागी)

प्रथम – रेखा विष्ट – नेपाल प्रहरी – १९ मिनेट ४ सेकेण्ड – रु २५ हजार नगद पुरस्कार

दोस्रो – सिमा थारु चौधरी – सशस्त्र प्रहरी – १९ मिनेट ११ सेकेण्ड – रु २० हजार नगद पुरस्कार

तेस्रो – तिर्सना कुमाल – नेपाल प्रहरी – १९ मिनेट ३५ सेकेण्ड – रु १५ हजार नगद पुरस्कार

चौथो – अंशु मण्डल – विराटनगर –  २० मिनेट १६ सेकेण्ड

पाँचौं – श्रीकाश राई – नेपाली सेना – १ घण्टा १९ मिनेट ५१ सेकेण्ड

छैटौं – किरण सिंह बोगटी – सशस्त्र प्रहरी – १ घण्टा २० मिनेट ५ सेकेण्ड

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]