१९ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

रक्तदान तथा होमियोपेथिक शिविर सम्पन्न

संजय दुगड संयोजक रहेको रक्तदान कार्यक्रम तथा घनश्याम राठी संयोजक रहेको होमियोपेथिक शिविर सम्पन्न भएका छन् ।
Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, जेठ १७, २०८०

विराटनगर
आउँदो असार १६ मा अतिथि सदन विराटनगरले स्वर्ण जयन्ती महोत्सव मनाउँदैछ । यसैको सेरोफेरोमा बुधवार विराटनगरमा दुई कार्यक्रम भएका छन् ।

संजय दुगड संयोजक रहेको रक्तदान कार्यक्रम तथा घनश्याम राठी संयोजक रहेको होमियोपेथिक शिविर सम्पन्न भएका छन् ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

सो कुराको जानकारी स्वर्ण जयन्ती महोत्सवका सचिव एवं रक्तदान कार्यक्रमका संयोजक संजय दुगडले दिएका छन् । उनका अनुसार टिकम सिंहसहित ३२ जनाले रक्तदान गरे । रक्तदान गर्ने ३२ जना सवैलाई पूर्वअध्यक्ष नन्द किशोर राठी, अतिथि सदनका कार्यकारिणी सदस्यद्दय संजय दुगड एवं विमल अग्रवालले प्रमाणपत्र प्रदान गरेका थिएँ ।

यसैबीच बुधवारनै अर्को निःशुल्क होमियोपेथिक कार्यक्रम समेतको आयोजना गरियो । यसबाट ५८ जनाले लाभ उठाएको संयोजक घनश्याम राठीले बताएँ । राठीका अनुसार यो शिविर राठी स्वास्थ्य सेवा पुष्पलाल चोकको सहकार्यमा आयोजना गरिएको हो ।

डा. पंकज गौश्वामी, डा. जेसी राय र डा. युदेसा धनन्जनीले विरामीहरुको शिविरमा स्वास्थ्य परिक्षण गरेका थिएँ । यसक्रममा विरामीलाई निःशूल्क औषधी पनि वितरण गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]