०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रक्तदान तथा होमियोपेथिक शिविर सम्पन्न

संजय दुगड संयोजक रहेको रक्तदान कार्यक्रम तथा घनश्याम राठी संयोजक रहेको होमियोपेथिक शिविर सम्पन्न भएका छन् ।
Logo
जनचर्चा संवाददाता

विराटनगर
आउँदो असार १६ मा अतिथि सदन विराटनगरले स्वर्ण जयन्ती महोत्सव मनाउँदैछ । यसैको सेरोफेरोमा बुधवार विराटनगरमा दुई कार्यक्रम भएका छन् ।

संजय दुगड संयोजक रहेको रक्तदान कार्यक्रम तथा घनश्याम राठी संयोजक रहेको होमियोपेथिक शिविर सम्पन्न भएका छन् ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

सो कुराको जानकारी स्वर्ण जयन्ती महोत्सवका सचिव एवं रक्तदान कार्यक्रमका संयोजक संजय दुगडले दिएका छन् । उनका अनुसार टिकम सिंहसहित ३२ जनाले रक्तदान गरे । रक्तदान गर्ने ३२ जना सवैलाई पूर्वअध्यक्ष नन्द किशोर राठी, अतिथि सदनका कार्यकारिणी सदस्यद्दय संजय दुगड एवं विमल अग्रवालले प्रमाणपत्र प्रदान गरेका थिएँ ।

यसैबीच बुधवारनै अर्को निःशुल्क होमियोपेथिक कार्यक्रम समेतको आयोजना गरियो । यसबाट ५८ जनाले लाभ उठाएको संयोजक घनश्याम राठीले बताएँ । राठीका अनुसार यो शिविर राठी स्वास्थ्य सेवा पुष्पलाल चोकको सहकार्यमा आयोजना गरिएको हो ।

डा. पंकज गौश्वामी, डा. जेसी राय र डा. युदेसा धनन्जनीले विरामीहरुको शिविरमा स्वास्थ्य परिक्षण गरेका थिएँ । यसक्रममा विरामीलाई निःशूल्क औषधी पनि वितरण गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]