०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कांग्रेसमा लामो समय विताएका झाले कांग्रेस छोड्ने कारण यस्तो रहेछ…

पैसा नै सवथोक मान्ने धेरै नेता कांग्रेसमा छन् ।
Logo
निरज बस्नेत

रास्वपा सांसद मनिस झा

विराटनगर, जेठ २५
राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद मनिस झाको नेपाली कांग्रेससँगको सम्वन्ध लगभग १० बर्षसम्म प्रत्यक्षरुपमा रह्यो । “२, ३ वटा चुनावमा प्रत्यक्ष रुपमा कांग्रेससँगै जोडिएर काम पनि गरियो ।गगन थापाको नेतृत्वको घोषणापत्र मस्यौदा समितिको सदस्य समेत रहेर मैले काम गरे । पैसा नै सवथोक मान्ने धेरै नेता कांग्रेसमा छन् । केही  राम्रा नेता पनि कांग्रेसमा नभएको होइन तर अह‌ंम निर्णय गर्ने बेलामा उनहरुलाई ओझेलमा परिन्छ। जव जव कांग्रेसमा मिटीङ बस्छ । केही सिमित नेताको साथमा बस्छ । त्योवेला मलाई आफैप्रति आत्मग्लानी हुन्थ्यो । आखिरमा मैले त यसरी आफ्नो इमान त गुमाउछु ।” उनै झाले एक टेलिभिजन कार्यक्रमका दौरान आफू कांग्रेसबाट विरक्तिएर निस्केको अनुभव सुनाए ।

उनी अगाडी थप्छन् : मैले क्याम्पसमा विद्यार्थी जीवन विताइरहँदा कुनै नेतालाई एयरपोर्टमा लिन जाँदा उसलाई फूलमालाले स्वागत गरिरहँदा मेरो राजनीति के का लागि र किन भन्ने प्रश्न सँगै उब्जिन्छ । कांग्रेस दाजु–भाउजुको पार्टी मात्र बनेको देख्दा आफैलाई दिक्दार लागेको समेत उनले उक्त अन्तरवार्ताका क्रममा बताएका छन् ।

“राजनीति भनेको त १० अनि १५ बर्षसम्म कुनै नेताको चाप्लुसी –चाकडी गर्ने मात्र त होइन । कलेजको मास्टर्स डिग्रीको पढाई ३० बर्षसम्म सक्ने , बाँकीको १५ बर्षसम्म कुनै नेताको गुलामी गर्ने अनि महत्वपूर्ण उमेर त्यहीँ खत्तम गरिसक्ने , अनि बाँकी रहेको मेरो बचेको कुन चाँही उमेरमा मैले राजनीति गर्ने, त्यो उर्जाशील उमेर त म सँग रहँदैन ।जव मेरो शरीरमा केही गर्छु भन्ने उमेर सकिन्छ । मैले राष्ट्र अनि जनताको लागि त न्याय गर्न पटक्कै सक्दिन । लालसा पलाउँछ म मा भने मैले राजनीति गर्न सक्दिन ।” झाले भन्छन् ।

भर्खरै बजेट भाषण आएको कुरामा समेत झा, ले तिक्तता पोखेका छन् । प्रतिनिधि सभामा शून्य समय लिएर बोलिरहँदा उनले गहिरो रुपमा मन छुने भनाइ राखेका थिएँ । “बजेट हामी बर्षेनी ल्याउँछौ । तर कसका लागि ? जेठ १५ गते बजेट ल्याइरहँदा हामी कुनै व्यापारिक घरानालाई पोस्नेगरी अघिल्लो दिन १४ गते ११ सय वटा गाडी भंसार छुट गरी भित्रयाउन दिन्छौ । अनि हामी भन्दछौ । बजेट सवैका लागि ल्याएका छौं । महोत्तरीको एउटा पान पसलेले बजेटबाट के पायो त ? अनि पहाड कुना कन्दराकी कुनै एक चिया पसल थाप्ने आमालाई बजेटले के फाइदा पुर्यायो त ? त्यो त बजेटमा कहिल्यै आँउदैन । बर्षेनी पुराण पाठ पढ्ने यस्तो बजेट यत्रो समय अनि पैसा खर्च गरी पढ्नुको औचित्य चाँही मैले देखिन ।”

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]