०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

बुधबार विराटनगरमा वृहत रक्तदान कार्यक्रम हुने

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, जेठ ३०, २०८०

विराटनगर
विश्व रक्तदान दिवसको अवसरमा बुधबार विराटनगरमा वृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएकाे छ । तत्काल रक्तदाता नामक संस्थाले डेढ दर्जनभन्दा बढी सामाजिक तथा व्यवसायिक स‌ंघसंस्थाकाे सहकार्यमा उक्त्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे । जेठ ३१ गते (बुधबार) बिहान ७ बजेदेखि  ११ बजेसम्म विराटनगरकाे महेन्द्र चाैकमा रक्त संकलन गरिने आयाेजक संस्थाका अध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिएका छन्  ।

लुथरन सामुदायीक कल्याण समाज, ईसाइ समाज विराटनगर र नेपाल रेडक्रस सोसाइटी माेरङ्ग, राेट्रयाक्ट विराटनगर फियुजन, राेट्रयाक्ट नाेबल मेडिकल कलेज, बिईङ्ग लर्नर, एनवाइसीए विराटनगरकाे सहकार्यमा साे कायक्रम हुन गइरहेकाे  छ।  त्यसै गरी व्यवसायिक संस्थातर्फ मंगलम ट्रेडर्स, इनडिजाइन मिडिया, नाका रेष्टुरेण्ट एण्ड क्याफे, द गाेल्डस् जिमले समेत सहकार्य गरेकाे छ ।

कार्यक्रमकाे मिडिया पार्टनरहरुमा काेशी अनलाईन, राष्ट्रिय डेली, विकल्प खबर रहेका छन् । साे कार्यक्रममा जनचर्चा डट कमले समेत सहकार्य गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]