२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

चौधरीले खेलिन् तीन फाइनल खेल

Logo
संवाददाता जनचर्चा

विराटनगर
सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।

बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् । उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् ।
पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । जर्जियाले महिला एकल तर्फ बागमतीका जर्जिया चौधरीले लुम्बिनीका ऋतिका चौधरीलाई ४–१ ले पराजित गरिन ।

मिक्स डबलमा कोशी प्रदेशका श्रेया योन्जन र श्रेया राईको जोडिले बागमतीका जर्जिया र चन्द्रमाया राईलाई १०–८ ले पराजित गरे । मिक्स डबलमा सशस्त्र प्रहरीका कमल भण्डारी र भगवती बिकको जोडीले बागमतीका प्रदिप खत्री र जर्जियालाई ५–३ ले पराजित गरे ।
पुरुष एकलमा कोशीका युकेश योन्जनले बागमतीका प्रदिप खत्रीलाई ४ शुन्यको सोझो सेटमा पराजित गरे । पुरुष डबलमा कोशीका युकेश योन्जन र आशिष बोहराले कोशीकै आभास बुढाथोकीलाई ५–२ ले पराजित गरे । प्रथम हुनेलाई नगद ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुंने दुईलाई १०, १० हजार रुपैंयासहित मेडल प्रदान गरियो ।

खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सङ्खट टेनिस संघ विराटनगरमा १३ गतेदेखि संचालन गरेको प्रतियोगिता शनिबार बेलुका सकिएको छ । बिजेताहरुलाई प्रहरी नायव महानिरीक्षक राजेश बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सङ्खट टेनिस संघ जिल्लाका अध्यक्ष श्याम लामा लगायतले पुरस्कार प्रदान गरे ।
महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४–१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४–२ ले पराजित गरेर फाइनल पुगेका छन् । क्वाटर फाइनलमा भगवतीले कोशी प्रदेशकी याना राजभण्डारीलाई ४ –२ ले पराजित गरेकी थिइन् ।

क्याप्सनः पुरस्कार थाप्दै जर्जिया चौधरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]