०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्रयाइँ नगर्न प्रेस चौतारीको चेतावनी

Logo
संवाददाता जनचर्चा

विराटनगर
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्रयाइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अध्यक्ष बिष्ट, प्रदेश सदस्य सन्तोष सिग्देल, प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कटेल, मोरङ अध्यक्ष सुदिप कोइराला, मोरङका पूर्वअध्यक्ष माधव अधिकारी लगायतको टोली विराटनगरस्थित पत्रकार महासंघको प्रदेश कार्यालय पुगेको थियो ।

सो क्रममा चौतारीका प्रदेश अध्यक्ष बिष्टले चौतारी सम्बद्ध योग्य सदस्यहरूलाई पनि रोक्ने र अन्य संगठन सम्बद्ध गैर पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने काम भएको गुनासो आइरहेको जानकारी गराए । शुद्धिकरणका क्रममा सबै सदस्यहरूलाई समान आँखाले हेर्न आग्रह गर्दै उनले विभेदपूर्ण निर्णय भएमा प्रेस चौतारी आन्दोलनमा उत्रने चेतावनी दिए ।

चौतारीले बुझाएको ध्यानाकर्षण पत्रमा महासंघभित्र कुनै संगठनको बहुमतका आधारमा आफू नजिकका गैर पत्रकारलाई सदस्यता सिफारिस गर्ने र उस्तै प्रकृतिका अन्य संगठन आवद्ध सदस्यहरूलाई विभेद गर्ने काम भएको उल्लेख छ । सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पाँचथरबाट बढी गुनासो आएकाले ती जिल्लाको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । सदस्यता सिफारिस माथि महासंघले आव्हान गरेको उजुरीमा गोपनीयता कायम नगरिँदा समस्या सृजना भएको प्रति सचेत पनि गराइएको छ । महासंघले जारी गरेको शुद्धिकरण सम्बन्धी १५ बुँदे मापदण्ड पूर्ण रुपमा पालना गर्न माग गर्दै त्यसका लागि प्रेस चौतारी सहयोग र सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा पत्रकार महासंघका प्रदेश अध्यक्ष घिमिरेले सदस्यता शुद्धिकरणका क्रममा कसैमाथि पनि विभेद नहुने स्पष्ट पारे । महासंघका प्रदेश महासचिव विवेक गौतमले शुद्धिकरणका क्रममा प्रदेशभरबाट १३७ वटा उजुरी प्राप्त भएकाले उजुरीमाथि छानविनको काम थालिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]