१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्रयाइँ नगर्न प्रेस चौतारीको चेतावनी

Logo
संवाददाता जनचर्चा

विराटनगर
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्रयाइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अध्यक्ष बिष्ट, प्रदेश सदस्य सन्तोष सिग्देल, प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कटेल, मोरङ अध्यक्ष सुदिप कोइराला, मोरङका पूर्वअध्यक्ष माधव अधिकारी लगायतको टोली विराटनगरस्थित पत्रकार महासंघको प्रदेश कार्यालय पुगेको थियो ।

सो क्रममा चौतारीका प्रदेश अध्यक्ष बिष्टले चौतारी सम्बद्ध योग्य सदस्यहरूलाई पनि रोक्ने र अन्य संगठन सम्बद्ध गैर पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने काम भएको गुनासो आइरहेको जानकारी गराए । शुद्धिकरणका क्रममा सबै सदस्यहरूलाई समान आँखाले हेर्न आग्रह गर्दै उनले विभेदपूर्ण निर्णय भएमा प्रेस चौतारी आन्दोलनमा उत्रने चेतावनी दिए ।

चौतारीले बुझाएको ध्यानाकर्षण पत्रमा महासंघभित्र कुनै संगठनको बहुमतका आधारमा आफू नजिकका गैर पत्रकारलाई सदस्यता सिफारिस गर्ने र उस्तै प्रकृतिका अन्य संगठन आवद्ध सदस्यहरूलाई विभेद गर्ने काम भएको उल्लेख छ । सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पाँचथरबाट बढी गुनासो आएकाले ती जिल्लाको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । सदस्यता सिफारिस माथि महासंघले आव्हान गरेको उजुरीमा गोपनीयता कायम नगरिँदा समस्या सृजना भएको प्रति सचेत पनि गराइएको छ । महासंघले जारी गरेको शुद्धिकरण सम्बन्धी १५ बुँदे मापदण्ड पूर्ण रुपमा पालना गर्न माग गर्दै त्यसका लागि प्रेस चौतारी सहयोग र सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा पत्रकार महासंघका प्रदेश अध्यक्ष घिमिरेले सदस्यता शुद्धिकरणका क्रममा कसैमाथि पनि विभेद नहुने स्पष्ट पारे । महासंघका प्रदेश महासचिव विवेक गौतमले शुद्धिकरणका क्रममा प्रदेशभरबाट १३७ वटा उजुरी प्राप्त भएकाले उजुरीमाथि छानविनको काम थालिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]