०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मन्त्रीहरुकाे भूमिका शंकास्पद देखिएको भन्दै तातिए सांसद डा.सुनिल शर्मा

अबिलम्ब कांग्रेस संसदीय दलको बैठक बोलाउन माग
Logo
निरज बस्नेत

काठमाडौं, साउन ९
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका हुन् ।

साउन १० गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअघि नै यो विषयमा संसदीय दलभित्र गम्भीर छलफल गर्नुपर्ने उनको माग छ । ‘सुन तस्करीमा अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीको प्रत्यक्ष संलग्नता भएको हुँदा अर्थमन्त्री र गृहमन्त्री ज्यूको भूमिका प्रति व्यापक रुपमा जनस्तरमा शंका उत्पन्न भएकाले यो विषयमा हाम्रो संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको छ,’ सांसद शर्माले संसदीय दलमा दर्ता गराएको पत्रमा लेखिएको छ, ‘आम सांसदहरूको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा साउन १० गते अगावै संसदीय दलको बैठक बोलाई छलफल गराई पाउँ ।’

साउन ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको एक क्विन्टल सुन विमानस्थल बाहिर लगिसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागको टोलीले नियन्त्रणमा लिएको थियो । विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता देखिएको सांसद शर्माको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता विना सुन तस्करी हुनै नसक्ने दावी गर्दै आएका सांसद शर्माले तस्करीमा आफ्नो दल वा गठबन्धनका उच्च पदस्थ व्यक्ति नै संलग्न भएपनि कारबाही गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसबाट निर्वाचित सांसद शर्माले आफ्नै पार्टीबाट बनेका अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका प्रति प्रश्न उठाइरहेका छन् । उनले यसअघि संसदीय समितिको बैठकमा पनि गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

तस्करी प्रकरणका विषयमा बहुमत सांसदहरुले संसदीय दलको बैठकमा छलफल चाहेको भन्दै उनले देश र जनताको हितमा बैठक कोसेढुंगा सावित हुने विश्वास पनि व्यक्त गरेका छन् । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित शर्मा तलब भत्ता नलिने एकमात्र सांसद हुन् । पार्टीगत स्वार्थभन्दा माथि उठेर अभिव्यक्ति दिदै आएका सांसद शर्मा जनपक्षीय सवालहरूमा खरो उत्रँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]