२८ पुष २०८२, सोमबार
12-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजेश थापाको संगीतमा ‘आमा मेरी आमा ’ सार्वजनिक

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, साउन १३, २०८०

काठमाडौं, साउन १३
श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ ।

आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भएपनी आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसाथ जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ ।‘आमा मेरी आमा ’लाई विनोद बमले सम्पादन गरेका हुन । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।

‘आमा मेरी आमा ’ गीतको पुरा भिडियो हेर्न यँहा क्लिक गर्नुहोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]