१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार

Logo
निरज बस्नेत प्रकाशित आइतबार, मंसिर २४, २०८०

काठमाडाैं, मंसिर २४
काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।

बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिमिटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो विश्वमै दुर्लभ केस भएको डा.काफ्ले बताउँछन् । नेपालमा पहिलो पटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको उनको दावी छ ।

बिरामीलाई हेपाटाइटिस पोजेटिभ भएकाले उपचार गर्नसमेत जोखिम थियो । तरपनि, केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नस्ट गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले विरामीलाई सहज भएको हो । यो प्रविधिबाट बिना चिरफार, कडा औषधी र रेडियोथेरापी प्रयोग नगरी सहजरूपमा ट्युमरलाई नष्ट गर्न सकिने चिकित्सकहरुको भनाई छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसनबाट केएमसीमा अन्य अस्पतालको तुलनामा सस्तो मूल्यमा उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]