१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

विराटनगरमा एक्स्पाेकाे तयारी धमाधम

एक्स्पाे संयाेजक अनिल साहसँगकाे छाेटाे कुराकानी
Logo
काैशल निराैला

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् ।

सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । यस कामलाई सफल बनाउन मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल आन्तरिक तथा बाह्यरुपमा सक्रिय भएर लागेका छन् । यसै विषयमा पत्ररका काैशल निराैला र  संयाेजक साह बिच भएकाे कुराकानीकाे सार :

एक्पोका लागि तयारी कुन चरणमा पुगेको छ ?

विराटनगरमा पुस ६ गते देखि हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी (मोरङ व्यापार संघ एक्स्पो ) हुदै छ । जसका लागि अधिकांश स्टलहरु वुकिङ भइसकेको छ । प्रतिशतका आधारमा भन्नुहुन्छ भने ८० प्रतिशत स्टल वुकिङ भएको छ । केही स्टलहरु भने आवश्यक व्यवस्थापनकै क्रममा रहेको छ । अहिले एक्स्पो स्थल द्रुतगतिमा निर्माण तथा सजिसजाउ गर्ने काम गरिदै छ ।

पृथकरुपमा केही गर्न खोजिदै छ ?
विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको छ । एक्सपोमा आइफिल टावर, किड्सजोन,सास्कृति तथा स्थानिय जनजातिका खाना,पहाडी क्षेत्रमा उत्पादन हुने सवैखालका सामान ,औद्योगिक उत्पादन लगायतका विभिन्न आकर्षणहरू हुने छन्। खासगरी प्रवेशद्धार अत्यन्तै सुन्दर बन्ने छ । प्रदर्शनी स्थलमा थप कुनै आकर्षण ल्याउन केही गर्न सकिन्छकी भनेर संघका पदाधिकारीहरु वीच पनि छलफल भइरहेको छ ।

आर्थिक मन्दीको शिखरमा पुगेका बेला एक्स्पो गर्दै हुुनुहुन्छ नी ?
सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । यस्तो वेलामा निरस हुने काम गर्नु हुन्न । हामी भूकम्प, लामो लोडसेडिङ र कोभिडको मार हुदै अहिले आर्थीक मन्दीको मारलाई समेत सामना गर्दै छौ नी । सवैखाले उत्पादन संग उपभोक्ता जोड्ने हिसावले हामी लागिरहेका छौ ।
मेलामा कुन कुन देशका व्यवसायीहरु आउने भए ? स्टल कस्ता व्यवसायका मानिसले लिएका छन् ?
मेलामा भारत,बंगलादेश र पाकिस्तानका व्यवसायीहरु आउने छन् । नेपालका पहाडी जिल्लाका व्यवसायी ,घरेलु ,कृषिका उद्यमीहरुलाई सहुलियतदरमा स्टल उपलव्ध गराएका छौ । हामीलाई लाग्छ मेला भव्य हुने छ ।

कति मानिसले अवलोकन गर्लान ?
यसपटक मेला आकर्षक हुने छ । यसको मतलव मानिसहरु मेलामा आउछन् भन्ने हाम्रो विस्वास हो । ५ लाख मानिस आउने हाम्रो अनुमान छ । विगत भन्दा केही फरक सेवा सेवाग्राहीहरुलाई हामी दिनेछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]