०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा एक्स्पाेकाे तयारी धमाधम

एक्स्पाे संयाेजक अनिल साहसँगकाे छाेटाे कुराकानी
Logo
काैशल निराैला

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् ।

सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । यस कामलाई सफल बनाउन मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल आन्तरिक तथा बाह्यरुपमा सक्रिय भएर लागेका छन् । यसै विषयमा पत्ररका काैशल निराैला र  संयाेजक साह बिच भएकाे कुराकानीकाे सार :

एक्पोका लागि तयारी कुन चरणमा पुगेको छ ?

विराटनगरमा पुस ६ गते देखि हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी (मोरङ व्यापार संघ एक्स्पो ) हुदै छ । जसका लागि अधिकांश स्टलहरु वुकिङ भइसकेको छ । प्रतिशतका आधारमा भन्नुहुन्छ भने ८० प्रतिशत स्टल वुकिङ भएको छ । केही स्टलहरु भने आवश्यक व्यवस्थापनकै क्रममा रहेको छ । अहिले एक्स्पो स्थल द्रुतगतिमा निर्माण तथा सजिसजाउ गर्ने काम गरिदै छ ।

पृथकरुपमा केही गर्न खोजिदै छ ?
विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको छ । एक्सपोमा आइफिल टावर, किड्सजोन,सास्कृति तथा स्थानिय जनजातिका खाना,पहाडी क्षेत्रमा उत्पादन हुने सवैखालका सामान ,औद्योगिक उत्पादन लगायतका विभिन्न आकर्षणहरू हुने छन्। खासगरी प्रवेशद्धार अत्यन्तै सुन्दर बन्ने छ । प्रदर्शनी स्थलमा थप कुनै आकर्षण ल्याउन केही गर्न सकिन्छकी भनेर संघका पदाधिकारीहरु वीच पनि छलफल भइरहेको छ ।

आर्थिक मन्दीको शिखरमा पुगेका बेला एक्स्पो गर्दै हुुनुहुन्छ नी ?
सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । यस्तो वेलामा निरस हुने काम गर्नु हुन्न । हामी भूकम्प, लामो लोडसेडिङ र कोभिडको मार हुदै अहिले आर्थीक मन्दीको मारलाई समेत सामना गर्दै छौ नी । सवैखाले उत्पादन संग उपभोक्ता जोड्ने हिसावले हामी लागिरहेका छौ ।
मेलामा कुन कुन देशका व्यवसायीहरु आउने भए ? स्टल कस्ता व्यवसायका मानिसले लिएका छन् ?
मेलामा भारत,बंगलादेश र पाकिस्तानका व्यवसायीहरु आउने छन् । नेपालका पहाडी जिल्लाका व्यवसायी ,घरेलु ,कृषिका उद्यमीहरुलाई सहुलियतदरमा स्टल उपलव्ध गराएका छौ । हामीलाई लाग्छ मेला भव्य हुने छ ।

कति मानिसले अवलोकन गर्लान ?
यसपटक मेला आकर्षक हुने छ । यसको मतलव मानिसहरु मेलामा आउछन् भन्ने हाम्रो विस्वास हो । ५ लाख मानिस आउने हाम्रो अनुमान छ । विगत भन्दा केही फरक सेवा सेवाग्राहीहरुलाई हामी दिनेछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]