१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

वीरगंजको मेयरले पाए ‘मच्छर’ उपनाम, नगरभरी चौतर्फी विरोध

''आउ वीरजंगलाई यो मच्छरबाट बचाउ"
Logo

वीरगंज, भाद्र १३
महानगरवासीको खुन चुस्ने काम वीरगंजको मेयर बिजय सेरावगीले गरको भन्दै उनलाई मच्छरको उपनाम दिईएको छ ।
मेयर सरावगीले गरेको कार्यमा व्यापक भ्रष्टाचारी र ब्रम्हलुट भएको भन्दै अहिले विरगंजमा चरणबद्ध अन्दोलन हुन थालेको छ । निर्वाचन ताका सरावगीले गरेको बाचा पुरा नभएको भन्दै विरगंजमा अहिले सडक जाम, र्याली, ताला बन्दी तथा हस्ताक्षर अभियान ठाउँ ठाउँमा सुरु भएको छ ।
सरवागीको कार्यशैलीको विरोध गर्दै मंगलवार मात्रै पर्साको सदरमुकाम विरगंजमा नेबिसंघले सडक जाम गरि आफ्नों असन्तुष्टी जाहेर गरेको थियो । त्यसको २४ घण्टा नबित्दै बुधवार राजपा नेपालले महानगर तथा मेयरको बिरोधमा अर्को विशाल -याली निकालेको थियो ।


राजपा नेपालका महासचिव राजेशमान सिंहको नेतृत्वामा निकालिएको उक्त -यालीले नगरको बिभिन्न भागको परिक्रमा गरि महानगरमा पुगेर मेयर सरावगीलाई ज्ञापन–पत्र समेत बुझाएको थियो । -यालीमा सहभागीहरुले “वीरगंजलाई सत्यनाश गर्न मच्छर यही हो” , “आउ वीरजंगलाई यो मच्छरबाट बचाउँ” लगाएतका प्लेकार्ड बोकेका थिए ।
राजपा नेपालका नेता तथा कार्यकताहरुले बिरगंजको जिल्ला प्रहरी कार्यालय अगाडी रहेको रातो बंगलाबाट उक्त -याली निकालेको थियो ।
यालीपछिको विरोधसभालाई राजपा नेपालका महासचिव राजेशमान सिंह, महिला नेत्री रम्भा मिश्र, नगर अध्यक्ष प्रेमबाबु पटेलले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनीहरुले जनताको चहना अनुसार नगरमा काम हुन नसकेको, नगरमा भष्ट्चार बढ्दै गएको, करको दर बढाएर नगरवासीलाई दुख दिएको मेयर सरावगीलाई आरोप लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]