१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सुन चाँदी व्यवसायी संघ विराटनगरकाे अध्यक्षमा पुन: शशिभुषण शाह

कमलेश अग्रवाल र दिनेश शाह :उपाध्यक्ष, कमलेश अग्रवाल: महासचिव, विनोद शाह : कोषाध्यक्ष, प्रकाश मैनाली : सचिव, मुकेश सोनी : सहसचिव,विजय राठी, राजिव शाह, ललित बेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनी : कार्यसमिति सदस्य
Logo
निरज बस्नेत प्रकाशित आइतबार, पुष १५, २०८०

विराटनगर, पुष १५ । नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगरको अध्यक्षमा पुन: शशिभुषण शाह निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न १७औं साधारण सभाले सर्वसम्मत रुपमा शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मानिक रत्न शाक्य प्रमुख अथिती र माेरङ्ग प्रहरी प्रमुख उपरिक्षक दिपक पाेखरेल विशिष्ट अतिथिकाे रुपमा उपस्थित भएका थिए ।

त्यसैगरी अधिवेशनले आभुषण ज्वेलर्सका कमलेश अग्रवाल र दिनेश शाहलाई उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । शुभम् ज्वेलर्सका कमलेश अग्रवालले दोस्रो कार्यकालका लागि महासचिव पदको पाएका छन् ।

यसअघि ११ सदस्यीय पदाधिकारीसँगै कार्यसमिति रहेको संघमा अब १७ सदस्य कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति रहने साधारण सभाले व्यवस्था समेत गरेको छ । त्यसैगरी विनोद शाह कोषाध्यक्ष, प्रकाश मैनाली सचिव र मुकेश सोनी सहसचिवमा निर्वाचित भएका छन् । 

विजय राठी, राजिव शाह, ललित बेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनीलाई कार्यसमितिमा सदस्यका जिम्मेवारी पाएका छन् । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौ,१७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्धारित मितिमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् । आउदो मंसिरमा महाधिवेशन हुनु पर्नेमा आफु दृढरहेको भन्दै उनले यदि हुन नसक्ने हो भने सभापति र पदाधिकारीसंग कारणसहित जवाफ माग समेत गरे । […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]